सुनसान शहरमा तिमी याद आयौ  ….

सुनसान शहरमा तिमी याद आयौ

मुस्कान अधरमा तिमी याद आयौ

जलनले सतायो मुटु चिरेर कस्तो ?

उसैको नजरमा तिमी याद आयौं

भुल्नै परेली एकान्त तटमा बसें

ति नदी लहरमा तिमी याद आयौ

पारी किनारको त्यो रित्तो डुङ्गा हेर्दा

त्यो निर्जन बगरमा तिमी याद आयौ

नयन उघार्दै संगै बितेका पल नियाल्दा

गजलको बहरमा तिमी याद आयौ

रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट 

 

 

Total
8
Shares
Related Posts

प्रगतिशील जनवादी साहित्यकार साेराडी

” राहतकाे नाममा पनि लुट देखियाे सच्चाइकाे पर्दाभित्र झुट देखियाे। एकै थालमा भात खानेहरूमा पनि दुनियाँसामु छर्लङ्गै फुट…
पुरा पढ्नुहोस
Total
8
Share