सांसद पद पुनःबहालीको माग गर्दै सर्वोच्च पुगे ४ पूर्वमाओवादी नेता

पूर्वमाओवादी पृष्ठभूमि भएका ४ एमाले नेताहरु सांसद् पद पुनःबहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी सांसद् पद पुनःबहालीको माग गर्दै रिट लिएर सर्वोच्च पुगेका हुन् । गौरीशंकर चौधरीले मकालुखबरसँग भने— ‘हो, हामी सर्वोच्च पुगेका हौँ । संविधान, माओवादीको विधानविपरीत गरिएको कारबाहीविरुद्ध हामी यहाँ आएका हौँ ।’

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधानविपरीत भएको नेताहरुले उल्लेख गरेका छन् । उनीहरुले निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग गरेका छन् ।

उनीहरूले निर्वाचन आयोगको विवरणमा एमालेको सदस्यका रूपमा आफूहरूको नाम नरहेको र एमालेको कति नम्बर सदस्य भनेर आफूहरूलाई कारबाही गर्ने पक्षले देखाउन पनि नसकेको भन्दै सफाइको मौकासमेत नदिई गरिएको कारबाही उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन् ।

माओवादी केन्द्रीय समितिले गर्नुपर्ने निर्णय प्रचण्डले मात्र गरेको र विधानले अध्यक्षलाई दिएको ५ वटा अधिकारमा प्रतिनिधि सभा सदस्यको पद खारेज गर्ने अधिकार नरहेको रिट निवेदनमा उल्लेख गरिएको छ ।

उनीहरुलाई प्रचण्डले गत चैत्र २६ गते संसद् सचिवालयलाई पठाएको पत्रको आधारमा कारबाही गरिएको थियो । (मकालु खबर बाट सभार)

Total
1
Shares
Related Posts

काँग्रेस भीमदत्त नगर सभापतिमा कलौनी निर्वाचित

नेपाली काँग्रेस भीमदत्त नगरको सभापतिमा अच्यूतराज कलौनी निर्वाचित भएका छन । कलौनीले आफ्ना निकटतम प्रतिद्वन्दी आशिष खत्रीलाई १सय…
पुरा पढ्नुहोस

काँग्रेसको पुनर्वास नगर कार्यसमितिको सभापतीमा तामाङ्ग विजयी

नेपाली काँग्रेसको पुनर्वास नगर कार्य समितिका लागि आज भएको चुनावमा शुक बहादुर तामाङ्ग विजयी भएका छन । नगर…
पुरा पढ्नुहोस

दशरथचन्द नगरपालिकाको कांग्रेस नगर सभापतिमा भुवनराज भट्ट बहुमतले विजयी !!

बैतडी –  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दशरथचन्द नगरपालिकाको नगर सभापतिमा भुवनराज भट्ट विजयी भएका छन् ।…
पुरा पढ्नुहोस
Total
1
Share