सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी ७ तरिकाहरु जसले तपाईंलाई आनन्दित बनाउँछ !!

जे जति गरेर हुन्छ, हामी जीवनमा सुखी र खुसी हुन चाहन्छौं । हामीले जीवनभर गर्ने ति तमाम कामबाट एउटै कुरा प्राप्त गर्न खोज्छौं, खुसी । काम गरेर, व्यापार गरेर, जागिर खाएर, पैसा कमाएर, सुविधा भोग गरेर अन्तत हामी सुखी र खुसी हुन चाहन्छौं ।

जबकि खुसी कुनै भौतिक कुरा होइन । र, भौतिक सुविधाले मात्र हामीलाई खुसी राख्दैन । खुसी त हामीभित्रै छ । तर, त्यसको स्रोत कसरी फेला पार्ने ? खुसीको स्रोत के हुन् ?

१. असल र भरपर्दो साथीहरु बनाउनुपर्छ

World Link Ads
Mahakali Polytechnic

भनिन्छ नि, साथी सबैभन्दा माथि । मित्रताले जीवनमा ठूलो अर्थ राख्छ । जब तपाईंसँग असल साथीहरु हुनेछन्, जीवन सहज र सुखमय बन्नेछ । आपत–विपतमा उनीहरु तपाईंको साथ दिन आउनेछन् । जीवनमा जब जब संकटको क्षण आउनेछ, साथीहरुले तपाईंलाई संकटबाट मुक्त गर्ने प्रयास गर्नेछन् ।

एक अध्ययनबाट के पनि पाइएको छ भने यसरी असल साथीहरुको संगतमा रमाउने व्यक्तिको आयु पनि बढ्छ । असल साथीहरु आफ्नो साथमा हुँदा तपाईं धेरै कुराबाट तनावमुक्त रहनुहुन्छ । निर्धक्क र सुरक्षित अनुभव गर्नुहुन्छ । यो भावनात्मक स्थितीले तपाईंलाई सुखी र खुसी राख्न मद्दत गर्छ ।

२. पशुपंक्षीलाई प्रेम गर्नुहोस्

पशुपंक्षीलाई प्रेम गर्नुहोस् तपाईंले बेग्लै आनन्द अनुभूत गर्नुहुनेछ । जस्तो घर आसपसामा आउने चराचुरुंगी, बाटोमा भेटिने कुकुर, जंगलमा जनवार यी सबैप्रति समान दृष्टि राख्नुहोस् र सबैमा सद्भाव पोख्नुहोस् ।

पशुपंक्षी, प्रकृतिसँग जति निकट हुने प्रयास गर्नुहुन्छ तपाईंले उत्तिकै आनन्द अनुभव गर्नुहुनेछ । यसैगरी घरमा कुकुर वा घरपालुवा जनवार पाल्नुहोस् । उनीहरुसँग खेल्नुहोस्, रमाउनुहोस् ।

३. फूल रोप्नुहोस्

आफ्नो घर वा बगैंचामा फूलहरु रोप्नुहोस् । त्यसलाई गोडमेल गर्नुहोस्, सिंचाई गर्नुहोस् । मलखाँद तयार गर्नुहोस् । आवश्यक्ता अनुसार काँटछाँट गर्नुहोस् । बिउ–बिजन तयार गर्नुहोस् । यी कामहरु तपाईंले फुर्सदमा गरे हुन्छ । दैनिक कामकाज नै प्रभावित हुनेगरी गर्नु पर्दैन ।

जब–जब फूल रोप्ने, गोड्ने, स्यहार्ने गर्नुहुन्छ, यसले तपाईंलाई बेग्लै खुसी र आनन्द दिन्छ । यो एक किसिमको थेरापी पनि हो । मानसिक र शारीरिक दुवै लाभ प्राप्त हुन्छ, यसबाट ।

Sana Kishan

४. सहयोगको भावना राख्नुहोस्

हामी यसकारण तनावग्रस्त र दुःखी हुन्छौं कि, अरुबाट केही न केही अपेक्षा राख्ने गर्छौं । अरुप्रति राखिने आशा, अपेक्षाले हामीलाई दुःखी बनाउँछ । यसकार अरुबाट लिने होइन, अरुलाई दिने भावनाको विकास गर्नुहोस् ।

कसैलाई आपत परेमा, कसैलाई अभाव भएमा आफ्नोतर्फबाट केही न केही सहयोग गर्नुहोस् । सहयोग गरिरहँदा तपाईंले आफुमा बेग्लै किसिमको सन्तोष प्राप्त गर्नुहुनेछ ।

५. अरुको मूल्यांकन नगर्नुहोस्

हामी अरुको बारेमा बढी चियोचर्चा गर्छौं । अरुले के गर्छ, अरु कस्ता छन्, अरु कहाँ जान्छन् इत्यादि कुरामा निगरानी राख्छौं । यसले पनि हामीमा असन्तोष पैदा गर्छ ।

अरु व्यक्तिको गुण दोष केलाउने, सफलता विफलताबारे चर्चा गर्ने, जिउडाल, पहिरनबारे ख्याल गर्ने बानीले हामीलाई कुनै लाभ मिल्दैन । यस्तो प्रवृत्ति जति कम गर्छौं, उत्तिनै खुसी मिल्छ ।

६. आरम गरौं

हामी काम वा करियरको लागि हतारिन्छौं । पैसा कमाउने दौडमा लाग्छौं । यी सबै काम गरिरहँदा आफ्नो शरीरलाई भने भुल्छौं ।

शरीरको ख्याल राखौं । निश्चित समयमा आरम गरौं । शारीरिक र मानसिक सुखका लागि आरम पनि जरुरी हुन्छ ।

७. मदिरा वा चुरोटमा नियन्त्रण गर्नुहोस्

मदिरा वा चुरोट खाने बानी यसकारण लाग्छ कि, त्यसबाट क्षणिक आनन्द मिल्छ । तर, दीर्घकालिन रुपमा यसले नराम्रो असर गर्छ । अर्थात मदिरा र चुरोट खुसी र आनन्दको दीगो स्रोत होइनन् । बरु यसले त हाम्रो सुख हरण गर्छ । त्यसैले सकेसम्म यसलाई नियन्त्रण गरौं । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.