सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कस्तो भाडाँमा खाना पकाउनु स्वास्थ्यका लागि हुन्छ लाभदायक ?

खानेकुरामा विभिन्न पोषक तत्व हुन्छन् । तर खानेकुरा पकाउने र खाने क्रममा ती सबै पोषक तत्व हामीले प्राप्त गर्न सक्दैनौं । खानेकुरा पकाउने क्रममा कतिपय पोषक तत्व नष्ट हुन्छ ।

त्यति मात्र कहाँ हो र ? हामीले प्रयोग गर्ने कति भाँडा त यस्तो हुन्छ जसले पोषक तत्व नष्ट गर्ने मात्र होइन हानिकारक रसायन समेत पैदा गर्छ । त्यस्ता भाँडामा खानेकुरा पकाउँदा हामीलाई अनेक रोग लाग्ने गर्छ ।

हामीकहाँ धेरैथरी भाँडा प्रचलनमा छन् । जस्तो तामाको, स्टिलको, प्लास्टिकको, माटोको, कांसको, फलामको । यसमध्ये कस्तो भाँडामा खाना पकाउँदा र खाँदा स्वास्थ्यलाई फाइदा गर्छ ? कस्तो भाँडावर्तनले हानि गर्छ ?

World Link Ads
Mahakali Polytechnic

पित्तलको भाँडा
पित्तलको भाँडाको तापमा गुड कन्डक्टर हुन्छ । पुरानो जमानामा यसको प्रयोग धेरै हुन्थ्यो । पित्तलको भाँडामा खाना पकाउँदा र खाना खाँदा जुका पर्ने, कफ र वायुदोषको समस्या हुँदैन । यस्तो भाँडामा खाना बनाउँदा केवल सात प्रतिशत मात्र पौष्टिक तत्व नष्ट हुन्छ ।

पित्तलको भाँडाले एसिड र नुनसँग प्रतिक्रिया गर्छ । त्यसैले अमिलो र नुनिलो खानेकुरा यस्ता भाँडामा पकाउनु उपयुक्त हुँदैन । अन्यथा फुड पोइजनिङ हुन सक्छ ।

तामाको भाँडा
केही अध्ययनमा के पाइएको छ भने खानामा पाइने अर्गानिक एसिड तामाको भाँडासँग प्रतिक्रिया हुँदा धेरै तामा पैदा गर्न सक्छ, जुन हाम्रो शरीरको लागि हानिकारक हुन्छ । यसले फुड प्वाइजनिङ गराउन सक्छ।

यद्यपि तामाको भाँडामा राखिएको पानी पिउँदा विभिन्न रोगबाट छुटकारा पाउन सकिन्छ । राति तामाको भाँडामा राखिएको पानी बिहान खाली पेटमा पिउँदा रक्त शुद्ध गराउँछ । स्मरण शक्ति बढाउँछ । कलेजोसम्बन्धी समस्या हट्छ ।

त्यसो त पानी मात्र होइन, यस्तो भाँडामा भोजन गर्नु पनि लाभदायक मानिन्छ । तामाको भाँडाले खानेकुराको पौष्टिक गुण नष्ट हुन दिँदैन । तर तामाको भाँडामा दूध पिउन भने हुँदैन ।

काँस
काँस चाँदीभन्दा थोरै सस्तो हुन्छ । अतः यसको प्रयोग मध्यमवर्गीयमा अधिक हुन्छ । काँसको भाँडामा खानेकुरा पकाउँदा केवल ३ प्रतिशत मात्र पोषक तत्व नष्ट हुन्छ । साथै, खाना खानको लागि योभन्दा राम्रो अर्को धातु छैन । यसले तपाईंलाई एक होइन, अनेक फाइदा मिल्छ ।

काँसको थालमा खाना खाँदा रगत सफा हुनुका साथै भोक बढाउँछ । यद्यपि काँसको भाडामा अमिलो चिज राख्नु उपयुक्त हुँदैन ।

Sana Kishan

माटो
माटोको भाँडा पनि प्रचलनमा छ । माटोको भाँडामा खाना खानु एकदमै राम्रो मानिन्छ । माटोको भाँडामा खानेकुराको पोषक तत्व कति पनि नष्ट हुँदैन ।

माटोको भाँडामा खाना पकाउँदा पोषक तत्व मिल्छ । दूध वा दूधबाट बनेको उत्पादन राख्न र खानका लागि त माटोको भाँडा सर्वोत्तम नै हो ।

स्टेनलेस स्टिल
स्टेनलेस स्टिल यस्तो धातु हो, जो अत्याधिक प्रयोगमा आउँछ । अधिकांशको भान्सामा हुन्छ । स्टिलको भाँडा राम्रो, सुरक्षित र सस्तो विकल्प हो । यसलाई सफा गर्न पनि निकै सजिलो हुन्छ । यद्यपि यसलाई खरिद गर्दा एउटा कुरा भने ध्यानमा राख्नुपर्छ, यस्तो भाँडा छनौट गरौं जसको मुनि कपरको लेयर लगाइएको छ ।

स्टिलको भाँडा हानिकारक हुँदैन । किनभने यसले न तापसँग क्रिया गर्छ न चिसोसँग । त्यसैले कुनैपनि अवस्थामा यसले हानि पु¥याउँदैन । तर यो पनि सत्य हो कि स्टिलको भाँडामा खाना पकाउँदा, राख्दा अतिरिक्त फाइदा पनि हुँदैन ।

ननस्टिक भाँडा
ननस्टिक भाँडाको सबैभन्दा ठूलो विशेषता के भने यसमा तेलको प्रयोग अत्यान्तै कम गरे पुग्छ । यसमा खानेकुरा डढ्ने वा टाँसिने समस्या हुँदैन । त्यसैले अहिले धेरैको घरमा ननस्टिक भाँडा राख्ने गर्छन् ।

यद्यपि तपाईंलाई थाहा छ यस्तो भाँडावर्तनले स्वास्थ्यमा केही प्रकारका समस्या ल्याउन सक्छ। ननस्टिक भाँडावर्तन धेरै तातो गर्दा यसको सतहमा निस्कने रसायन निकै हानिकारक हुन्छ ।

एल्मुनियम
एल्मुनियमको भाँडावर्तनको प्रयोग लगभग सबैजसो घरमा हुन्छ । एल्मुनियमको प्रेसर कुकुर सबैको घरमा पाइन्छ । तर, एल्मुनियमको प्रेशर कुकरमा खाना पकाउँदा ८७ प्रतिशत पोषक तत्व नष्ट हुन्छ ।एल्मुनियमको भाँडावर्तनमा खाना सेवन गर्नु पनि राम्रो हुँदैन । यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्यान सक्छ ।

फलाम
गह्रौं र महँगो हुन्छ फलामको भाँडा । यद्यपि खाना पकाउनका लागि सबैभन्दा राम्रो हुन्छ फलामको भाँडामा। शोधकर्ताका अनुसार फलामको भाँडामा खानेकुरा बनाउँदा उक्त खानेकुरामा फलाम तत्व पनि प्राप्त हुन्छ, जो स्वास्थ्यका लागि आवश्यक हुन्छ ।

फलामको भाँडामा फोलिक एसिड पाइन्छ, जसले रगतको मात्रा बढाउँछ । यसका साथै फलामले केही प्रकारको रोग पनि निर्मूल गर्छ । यसले शरीर सुन्निने र पहेँलोपन आउन दिँदैन । यद्यपि फलामको भाँडामा खाना पकाउनु मात्र उपयुक्त हुन्छ, खानका लागि भने होइन ।

प्लास्टिक
प्लास्टिकको भाँडा सहजै पाइन्छ । सस्तो हुन्छ । हेर्दा आकर्षक पनि । तर प्लास्टिकको भाँडामा खानेकुरा खान उपयुक्त हुँदैन। (नयाँ पुस्ता बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.