सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कसरी थाहा पाउने आफ्नो पाचन प्रणाली कमजोर छ ?

शरीरको गन्ध–जब हाम्रो पाचन यन्त्र खराब हुन्छ वा खाएको पच्दैन तब शरीरमा विषाक्त पदार्थ जम्मा हुन्छ । यस्तो कुरा कसरी पनि थाहा पाइन्छ भने, शरीर दुर्गन्धित हुन्छ । पसिना वा शरीरको कुनै भाग दुर्गन्धित हुन्छ । यसबाट बुझ्नुपर्छ, पाचन यन्त्र खराब छ ।

छालाको समस्या– पाचन यन्त्र कमजोर हुँदै गएपछि त्यसको असर छालामा देखापर्छ । छालामा विभिन्न किसिमको समस्या देखापर्छ । पाचन यन्त्र राम्रो भएमा छालामा चमक देखिन्छ, दाग धब्बा देखिदैन, चाहुरिपन देखिदैन । तर, पाचन यन्त्र खराब भएपछि यी समस्याहरु एकमुष्ठ देखापर्छ ।

सासको दुर्गन्ध– सास गन्हाउने समस्या धेरैको हुन्छ । मुख तथा दाँतको सरसफाई राम्ररी नगर्दा मुख गन्हाउँछ । तर, पेटको समस्याले पनि मुखमा दुर्गन्ध ल्याउँछ । यदि ब्रस गरेर वा मुखको सरसफाई गर्दा पनि सास गन्हाउँछ भने, पेट खराब छ ।

World Link Ads
Mahakali Polytechnic

कपाल झर्ने– कपाल झर्ने कारण त अनेक हुन्छ । तर, त्यसमध्ये एक हो पेटको खराबी पनि । जब पाचन यन्त्र खराब हुन्छ, शरीरलाई आवश्यक पोषकतत्वको अभाव हुन्छ । त्यसको असर कपालमा पनि पर्छ ।

नङ कमजोर हुने– लामो समयसम्म पाचन यन्त्र खराब भएमा त्यसको असर शरीरका साथसाथै नङमा पनि पर्छ । जब पाचन यन्त्र खराब हुन्छ, शरीरको अपशिष्ट पदार्थ बाहिर निस्कन पाउँदैन । यसको कारण केही समस्या देखिन्छ । त्यसमध्ये नङ टुक्रिने, कमजोर हुने पनि एक हो ।

कसरी राख्ने त पाचन यन्त्रलाई स्वस्थ ?

पाचन यन्त्रलाई स्वस्थ राख्नका लागि खानपान, जीवनशैली सबै कुरामा ध्यान दिनुपर्छ । यदी पाचनयन्त्र बलियो भयो भने, जे जति खानेकुरा खाइन्छ राम्ररी पच्छ । ति खानेकुरामा भएको पोषक तत्व शरीरले ग्रहण गर्छ । शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ ।

पाचन यन्त्र स्वस्थ एवं बलियो बनाउनका लागि सबैभन्दा मूख्यतः खानपानमा ध्यान दिनुपर्छ । गरिष्ठ भोजन गर्नु पाचन यन्त्रको लागि राम्रो हुँदैन । अर्थात मरमसला प्रयोग गरिएको, तेलमा तारिएको, मासुजन्य, दुधजन्य परिकार पेटको लागि बोझिलो बन्छ । प्रशोधित खानेकुरा पनि पेटको लागि उपयुक्र हुँदैन । यस्ता खानेकुरा नियन्त्रण गर्नुपर्छ । सुपाच्य अर्थात सजिलै पचाउन सकिने खानेकुरा सेवन गर्नुपर्छ । सागपात, मुला, फलफूल जस्ता फाइबरयुक्त खानेकुराले पेटलाई सफा राख्छ । बलियो बनाउँछ ।

Sana Kishan

त्यस्तै पाचन यन्त्रलाई बलियो बनाउनका लागि शरीरलाई पनि सक्रिय राख्नुपर्छ । कतिपय व्यायाम तथा योगासनले पाचन यन्त्रलाई प्रत्यक्ष असर गर्छ ।

– खाने तालिका अनुसार ठीक–ठीक समयमा मात्र खाने गरौं । जतिपनि बेला खाइरहने बानीले पाचन यन्त्रमा असर गर्छ ।

– खानेकुरा त्यतीमात्र खानुपर्छ, जति शरीरलाई आवश्यक छ । मीठो लाग्यो भन्दैमा अनावश्यक खानेकुरा खाएर पेट भारी हुन्छ ।

– खाना खाएको बेला आरमसँग बस्नुहोस् । सहि मुद्रामा बस्नुहोस् । यसले तपाईको पाचन यन्त्रले ठीक ढंगले काम गर्छ ।

– फाचन फायरलाई उत्तेजित तुल्याउनुहोस् । अर्थात एक टुक्रा अदुवा लिनुहोस्, त्यसमा कागतीको रस मिसाउनुहोस् । थोरै नुन पनि हाल्नुहोस् । यसले तपाई जतिपनि गरिष्ठ एवं भारी भोजन गर्नुहुन्छ, सजिलै पच्छ ।

– आर्युवेदका अनुसार पाचन क्रिया दुरुस्त राख्नका लागि सहि र नियमित दिनचर्या पालना गर्नुपर्छ । विशान नास्ता, मध्यन्ह भोजन र राती भोजन सहि समयमा गर्नुपर्छ ।

– राती भोजन गरिसकेपछि तुरुन्तै सुत्नु हुँदैन । राती हल्का भोजन गर्नुहोस् । बिहान पौष्टिक खानेकुरा लिनुहोस् । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.