सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसइईको नतिजा साउन २५ गतेभित्र प्रकाशित गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई)को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र प्रकाशित गर्ने भएको छ । परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले साउन २५ गते भित्रमा २०७७ को एसइई नतिजा प्रकाशित गर्ने गरी अहिले तीव्र रूपमा काम भइरहेको बताउनुभयो ।

कुनै प्राविधिक कठिनाइ नआए आगामी शुक्रवारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साता भित्रमा नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । सबै जिल्लाबाट विद्यार्थीहरूको मूल्याङ्कन नतिजा आएर इन्ट्री गरिसकिएको र नम्बर रुजु गर्ने काम भइरहेको परीक्षा नियन्त्रक अधिकारीले बताउनुभयो ।

यसअघि साउन मसान्तमा परीक्षा प्रकाशन गर्ने भनिए पनि त्यो भन्दा छिटो गर्ने तयारी भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २०७७ सालको एसइई परीक्षाको लागि ५ लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका छन् । गत जेठ १३ गतेदेखि भौतिक रूपमा एसइई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

तर दोस्रो लहरको कोभिड–१९ संक्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञाका कारण गत वैशाख २७ गते एसइई परीक्षा स्थगित भएको थियो । कोरोना जोखिम कम नभएपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

बोर्डले एसइईको विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ जारी गर्दै सैद्धान्तिकतर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा सोभन्दा बढी प्राप्ताङ्क प्राप्त गर्ने विद्यार्थीको विषगत शिक्षकले के कारण उक्त नम्बर दिइएको हो भनेर कारण खुलाउनु पर्ने जनाएको छ ।

कोभिडकै कारणले २०७६ सालको एसइई परीक्षाको नतिजा पनि आन्तरिक मूल्याङ्कनबाट प्रकाशित गरिएको थियो । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.