सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुरा जिल्लामा बुढीगंगा नदी आंशिक रुपमा थुनियो, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

बाजुरामा बुढीगंगा नदी आंशिक रुपमा थुनिएको छ । गौमुल गाउँपालिका–२ कुहुडामा ताल फुटेर आएको पहिरोले थुनिएको नदी आंशिक रुपमा बग्न थालेको वडा कार्यालयले जनाएको छ ।

वडा सदस्य गीता रोकायाले नदीमाथिबाट गौमुल ताल फुटेर पहिरो जादा नदी थुनिएको बताइन् । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले नदी थुनिएको खबर आएपछि प्रहरीको टोली पठाइएको बताए । ‘जनप्रतिनिधिसँग बुझ्दा थुनिएको नदी आंशिक रूपमा बग्न थालेको भनिएको छ, प्रहरी टोली पुग्न ५ घण्टा लाग्छ, त्यसपछि के भएको हो थाहा होला,’ उनले भने ।

Sana Kishan

वडा सदस्य रोकायाका अनुसार त्यहाँ एक सातादेखि परिरहेका पानीले बुढीगंगामा वहाव बढेको हो । सोही ठाउँमा तुसारी गाडका २ वटा झलुंगे पुल बगाएको उनले जानकारी दिइन् । वडा नम्बर ३ गर्ज्याङ र वडा नम्बर २ दहकोटमा एउटा झुलंगे पुल बगेको उनले बताइन् । अजयटोट्की टोल जोखिममा परेपछि १६ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । उनीहरु लेकमा त्रिपालमा बसेका छन् । (उपहार खबर बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.