सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ओलम्पिकमा आज नेपालकी छोरी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै

जापानमा जारी टोकियो ओलम्पि कमा आज (बुधबार) नेपालका एक खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

ओलम्पिक अन्तर्गत बुधबार नेपालका पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्।

गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो ३स्४५ बजे सुरु हुनेछ। टोकि यो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन्।

World Link Ads
Mahakali Polytechnic

यस हिटमा ४ खेलाडी छन्। गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन्।

Sana Kishan

१३ औं सागकी स्वर्णधारी गौरिका राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा रहेकी छिन्। यस स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । यस स्पर्धामा गौरिकाको नाममा १ मिनेट ००।६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको छ ।

गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना विश्व च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी छन्। एलेक्जेन्डर गाडेगार्ड शाह ९एलेक्स० ले मंगलबार नै प्रतिस्पर्धा गरिसकेका छन्।

एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए। हिट चरणमा एलेक्स ले ५३।४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन्। तर, एलेक्स हिट चरणबाटै बाहिरिएका थिए। (जनताको आवाज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.