भीमदत्त नगरपालिकामा आन्तरिक आय २३ करोड ३१ लाख संकलन

भीमदत्त अनलाइन बाट सभार

कञ्चनपुर , भीमदत्त 

कञ्चनपुरको भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षमा २३ करोड ३१ लाख ७२ हजार ७ सय रुपयाँ आन्तरिक आय (राजस्व) संकलन गरेको छ । भीमदत्त नगरपालिकाको राजस्व नीति तथा प्रशासन उप शाखाका अधिकृत नर बहादुर शाहले नगरपालिकाले आर्थिक वर्ष २०७७्७८ मा विभिन्न विभिन्न श्रोतबाट उक्त राजस्व संकलन भएकोे बताउनु भयो ।

उहाँका अनुसार गत आर्थिक वर्षमा नगरपालिकाले व्यवसाय कर १० करोड ३७ लाख ५४ हजार, सम्पत्ति कर ४५ लाख २५ हजार, मालपोत कर ५४ लाख ७३ हजार संकलन गरेको हो । त्यस्तै बहाल कर १५ लाख ७३ हजार र सरसफाई शुल्क १० लाख १९ हजार र बाँकी अन्य श्रोतबाट आम्दानी गरेको नगरपालिकाले जनाएको छ ।

गत आर्थिक वर्षमा कोरोना संक्रमणका कारण पुरै राजस्व संकलन हुन नसकेकाले उक्त राजस्व चालु आर्थिक वर्षमा पनि संकलन भईरहेको उनको भनाई छ । राजस्व संकलन हुने क्रम जारी रहेकोले आन्तरिक आयमा अझै वृद्धी हुने नगरपालिकाले अपेक्षा लिएको छ ।

नगरपालिकाले आर्थिव वर्ष २०७६्७७ मा २० करोड ३६ लाख २० हजार राजस्व संकलन भएको थियो । नगरपालिकाले राजस्व नीतिमा सुधार गदैँ र करको दायरा समते फराकिलो बनाएर वर्षेनी आन्तरिक आयमा वृद्धी गदैँ लगेको छ ।

व्यवसाय करमा ५ प्रतिशत छुट, जरिवाना पनि नलाग्ने

भीमदत्र नगरपालिकाले गत आर्थिक वर्षको राजस्व बुझाउन बाँकी रहेका करलदातालाई समय थप गरेको छ । नगरपालिकाले कोरोना संक्रमणका कारण गत आर्थिक वर्ष २०७७÷७८ को राजस्व बक्यौता रहेका करदातालाई २०७८ भदौ ५ गतेसम्म समय दिईएको छ । उक्त अवधिमा कर बुझाउने करदातालाई व्यवसाय करमा ५ प्रतिशत छुटे दिने नगरपालिकाले जनाएको छ ।

भीमदत्त नगरपालिकाको कार्यालयले सोमबार जारी सुचनामा भदौ ५ गते सम्ममा बक्यौता राजस्व बुझाउने करदातालाई कुनै जरिवाना नलाग्ने समेत उल्लेख गरिएको छ । त्यस्तै नगरपालिकाले समयमै कर तिरेर सुविधा लिन समेत नगरवासीमा आग्रह गरेको छ । भीमदत्त अनलाइन बाट सभार

Total
3
Shares
Related Posts

थरीथरीका नुन, कुन बढी उपयोगी ?

शारीरिक स्वास्थ्यको लागि नुनको मात्रा नियन्त्रण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । उच्च रक्तचाप जस्ता रोगहरुमा नुनको सेवन बढी हानिकारक…
पुरा पढ्नुहोस

तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाका लागि गर्यो ३९ हजार गणकको नाम ‘सर्टलिस्ट’ !!

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक छनोटका निम्ति नाम ‘सर्टलिस्ट’ गरेको छ । अनलाइनबाट आवेदन दिएका…
पुरा पढ्नुहोस

वुद्ध एयरको जहाजभित्रै रूवाबासी चल्यो, हामीले आश मारिसकेका थियौं !!

काठमाडौं,११ असोज ।सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन…
पुरा पढ्नुहोस
Total
3
Share