सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको दोगडाकेदार गाउँपालिकाले सडक मर्मत स्वयम सेवक राख्दै, ४० जनाले पाउने भए रोजगारी

बैतडीको दोगडाकेदार गाउँपालिकाले सडक मर्मत स्वयम सेवक राख्ने भएको छ । गाउँपालिका भित्रका सडकहरुको सरसफाई, मर्मत, सम्भार तथा रेखदेखका लागी गाउँपालिकाले ४० जना सडक मर्मत स्वयम सेवक राख्ने भएको हो ।

गाउँपालिकाले उक्त पदका लागी यस अघि बिज्ञापन खोलेकोमा गाउँपालिकाका ८ वटै वडाहरुबाट ४० जनाको अन्तिम नामावली प्रकाशन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र बहादुर धामीले जानकारी दिनुभएको छ ।

Sana Kishan

अन्तिम नामावलीमा नाम प्रकाशन भएकाहरु र गाउँपालिकाबिच करार सम्झौता भई उनीहरुलाई काममा लगाईने उहाँको भनाई छ । सम्झौता गर्दा कुन सडकखण्डमा कति जना परिचालन गर्ने भन्ने टुंगो लगाईने समेत धामीले बताउनुभयो । सडक मर्मत स्वयम सेवकमा नियुक्त गरिएकाहरुलाई गाउँपालिकाले न्युनतम तोकिएको १३ हजार ५ सयमा नघट्ने गरी पारिश्रमिक दिने गाउँपालिकाले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

दोगडाकेदार गाउँपालिकाले जिल्लामै पहिलो चोटि आफ्नै लगानीमा सडक मर्मत स्वयम सेवक राख्न लागेको हो । गाउँपालिकाको यो कार्यले गाउँपालिका भित्र रोजगारी समेत सिर्जना हुने भए पछि गाउँपालिकाबासीले प्रंससा गरेका छन् । (रेडियो बैतडी बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.