सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी खानेकुरा खाली पेट खाँदै हुनुहुन्छ ? निम्तिन सक्छ अल्सर र क्यान्सरसम्मको रोग !!

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार संसारभर पेटभर खान नपाउनेको संख्या धेरै नै छ । करोडौँ नागरिक कुपोषणका कारण मृत्युको मुखमा पर्ने गरेका छन्।

तर खाना खान पाउने व्यक्तिमा पनि विभिन्न खालका स्वास्थ्य समस्या निम्तिने गरेको छ । केहीलाई आवश्यकता भन्दा धेरै खानेकुराले असर गरेको छ।

हामी मध्ये केहीले कतिखेर के खाने ? भन्ने जानकारी नपाउँदा स्वास्थ्य समस्या झेल्ने गरेका छौँ । आज हामीले खाली पेटमा खान नहुँने खानेकुराका बारेमा जानकारी प्रस्तुत गर्दैछौँ।

World Link Ads
Mahakali Polytechnic

दूध चिया
नेपाली समाजमा चियालाई संस्कारको रुपमा लिने गरिन्छ । कुनै नयाँ ठाउँमा गएमा सबैभन्दा पहिले चियाबाट सम्मान गरिन्छ । कतिपयलाई त बिहान उठेपछि दुध चिया नखाए फ्रेस नै नहुने लत बसिसकेको हुन्छ । बिहान उठेर चिया नपिए जाँगर त चल्दैन भनेर धेरैले टिप्पणी गर्छन् ।

तर, एकबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने अब स्वास्थयबारे सोच्ने बेला भयो । दुध चियाले तपाईंको पेटमा ग्याँस्ट्रिकको समस्या असाध्यै बढाउँछ। यसले तपाईँको स्वास्थ्यमा प्रतिकूल असर पुर्याइरहेको छ । चिकित्सकहरुले दूध चिया खाली पेटमा खान नहुने बताएका छन्।

गोलभेंडा
गोलभेंडा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर खाली पेटमा गोलभेंडा खादा त्यसले प्रतिकूल असर गर्छ । फेसमा चमक ल्याउन समेत यसको प्रयोग हुन्छ । खाली पेटमा गोलभेंडा खाँदा यसमा हुने अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ ।

परिणामस्वरुप पेट दुख्ने, ग्यास्टिक हुने, पेट पोल्ने, बान्ता हुने, पत्थरीको संभावना बढ्नेजस्ता स्वास्थ्य समस्या निम्तिने गरेका छन्। त्यसैले चिकित्सकहरुले गोलभेंडा पनि खाली पेट खान नहुने बताएका छन्।

चिसो पेय पदार्थ
खाली पेटमा चिसो पेय पदार्थ पनि पिउनु हुँदैन । जस्तै कोल्ड कफी वा कोल्ड ड्रिन्क्स वा सफ्ट ड्रिन्क्स खाली पेटमा खानु हुँदैन। खाली पेट चिसो पेय पिउने व्यक्तिको पाचन क्रिया नै सुस्त हुन्छ।

पेय पदार्थमा हुने कार्बोनेट एसिड पेटको एसिडसँग मिसिँदा गम्भीर समस्या निमित्न सक्छ । पेटमा ग्यास भरिने, वाकवाकी हुने, वान्ता हुने, असहज हुने लगायतका स्वास्थ्य समस्या निम्तिने गर्छन्।

औषधि
खाली पेटमा औषधि खाँदा होसीयार हुनुपर्छ । औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्त्वसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया दिँदा ठूलै समस्या निम्तन सक्छ । त्यसैले धेरै प्रकारका औषधि खाना खाएपछि मात्र खानुपर्छ ।

चिकित्सकले एन्टासीडलगायतका सीमित औषधि मात्र खाली पेटमा खानका लागि सुझाब दिन्छन् । अन्य औषधि खाली पेट खाँदा रोग निको हुनुको सट्टामा झन्झन् स्वास्थ्य समस्या बढ्ने देखिन्छ । नयाँ स्वास्थ्य समस्या थपिने गरेको एक अनुसन्धानले देखाएको छ ।

Sana Kishan

मसालेदार खाना
ब्रेकफास्टमा मसालेदार खाना खानु पनि स्वास्थ्यका लागि घातक मानिन्छ । मसलेदार, स्पाइसीले स्वास्थ्यमा ठूलो समस्या ल्याउँछ । सुरुमै तपाईले मसालेदार र स्पाइसी खानेकुरा खाँदा एसिडिटीको समस्या निम्तिन्छ।

यसले पेट पोल्ने, डकार आउने, अल्सर हुने र क्यान्सरसम्म निम्तिन सक्ने विभिन्न प्रतिवेदनले देखाएको छ।

केरा
खाली पेटमा केरा कहिल्यै खानु हुँदैन । केराले छिटो तौल बढाउन मद्दत गर्ने भएकोले दुब्लो पातलो मानिसहरु बिहानै केरा खाने गर्छन् । तर बिहानै केरा खानु स्वास्थ्यका दृष्टिकोणबाट राम्रो होइन्।

केराले हाम्रो शरीरमा म्याग्निसियमको मात्रा दुई गुणा बढ्छ र शरीरमा रहेको क्याल्सियमसँग रासायनिक प्रतिक्रिया सुरु हुन्छ। परिणामस्वरुप पेट फुल्ने, ढुस्स हुने, डकार आउने, अपच हुने तथा एसिडीटि बढ्ने जस्ता समस्या देखिने हुन्छ । त्यसैले खाली पेटमा केरा खानु हुँदैन।

सोडा
खाली पेटमा सोडा खाँदा पनि उत्तिकै जटिल समस्या देखिन्छ । सोडा खाँदा पेटको अम्लसँग मिलेर राशायनिक प्रतिक्रिया सुरु हुन्छ र पेट दुख्ने समस्या बढ्छ। पेट फूल्ने, पेट पोल्ने, दिसा लागेजस्तो हुने, अपच हुने, छाति पोल्ने हुनसक्छ।

सखरखण्ड
सखरखण्डमा प्रशस्त प्रोटिन हुन्छ । खाली पेटमा यसको सेवन राम्रो हुँदैन । सखरखण्डमा अधिक मात्रामा हुने प्रोटिनले ग्यास्ट्रिकको समस्या बढ्छ।

परिणामस्वरुप पेट पोल्ने, पेट दुख्ने, जलन र पेट फुल्ने समस्या हुन्छ । त्यसैले सखरखण्ड बिहानै खाली पेटमा नखानु राम्रो हुने विभिन्न अध्ययनमा उल्लेख छ।

रक्सी
रक्सी र रक्सी जन्य खानेकुराहरु खाली पेटमा खानु पनि विष सरह मानिन्छ । यो कुरा विभिन्न अनुसन्धानले पनि पुष्टि गरेको छ। खाली पेटमा घरेलु मदिराको सेवनले मानिसको मृत्यु समेत भएका विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेका छन्।

चिकित्सकहरुले बिहान केही नखाइकन अल्कोहलजन्य पदार्थ खान नहुँनेमा जोड दिएका छन् । यसले मानिसलाई मृत्युको मुखमा समेत लैजाने सम्भावना हुन्छ।

अमिलो फल
खाली पेटमा अमिलो जन्य फल पनि खानु हुँदैन । खाली पेटमा अमिलो फल खाने गर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्छ। सुन्तला, कागती, अम्बा, अचार, लप्सीलगायतका फल खाली पेट खानु हुँदैन।

अंगुर, आँप तथा अमिलोयुक्त फलफूलले पेटमा एसिड बढाउने काम गर्छ । त्यसैले चिकित्सकहरुले यस्ता फलहरु खाना पछि मात्र खान सुझाव दिएका छन्। (नयाँ पुस्ता बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.