सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सोमवारदेखि मनसुन थप सक्रिय हुने

भोलि सोमवारदेखि मनसुन थप सक्रिय भइ देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक बिस्तारै आउने क्रम सुरु भएकाले सोमवारदेखि मनसुन थप सक्रिय भइ देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

आज रातिसम्म न्यून चापीय रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने सम्भावना रहेकाले मनसुन सक्रिय भइ बुधवारसम्म वर्षा हुने सम्भावना देखिएको हो, मौसमविद् पौडेलले भन्नुभयो । जल तथा मौसम विज्ञान विभागले आउँदो २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

Sana Kishan

विभागले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

World Link Ads
Mahakali Polytechnic

अहिले देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाका साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । (उज्यालो अनलाइन बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.