सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बालबालिकाका लागि चिनीको सेवन घातक, स्मरणशक्ति र सिकाइमा पुर्‍याउँछ असर !!

बालकालिकाका लागि चिनीको सेवन घातक हुनसक्छ । नयाँ अनुसन्धानका अनुसार धेरै चिनीको सेवन गर्ने बालबालिकाको स्मरणशक्ति र सिकाइ क्षमतामा असर पुग्छ ।

चिनीको अत्यधिक सेवनले स्वास्थ्यसम्बन्धी समस्याहरु मोटोपन, मुटु रोग र अन्य बिरामीहरु पनि निम्त्याउँछ ।

Sana Kishan

जर्जिया विश्वविद्यालयमा गरिएको एउटा अनुसन्धानले धेरै चिनी खाँदा स्मरणसम्बन्धी भाग हिप्पोक्याम्पसमा नकारात्मक असर पुग्छ । वैज्ञानिकले मुसामाथि गरेको प्रयोगमा चिनीको प्रयोगले सम्झिने क्षमतामा ह्रास ल्याउने पत्ता लागेको हो । मुसालाई हरेक दिन पेयपदार्थ दिइएको थियो । जसबाट सानो उमेरमा सिकेको र सम्झिने शक्तिमा नकारात्मक असर परेको पाइयो ।

World Link Ads
Mahakali Polytechnic

अत्यधिक चिनीको सेवनले पेटका ब्याक्टेरियामा परिवर्तन ल्याउँछ । र स्मरणशक्तिमा गिरावट आउँछ । मुसाको बच्चालाई सामान्य खानेकुरासँग चिनीबाट बनेको सोल्युशन प्रयोग गरिएको थियो । त्यसपछि मुसालाई हिप्पोक्याम्पसमा आधारित काम गराइयो । शुरुवातमा चिनीको प्रयोग गरियो जसमा असर देखियो भने चिनीको प्रयोग नगर्ने मुसामा यसको असर देखिएन ।  (रातोपाटी बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.