सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

घरमा राखिएका यी ६ पुराना चिजहरु मानिन्छन् अशुभ !!

घरमा राखिएको हरेक एउटा चिजले शुभ र अशुभ प्रभाव पार्छ । यस्ता चिजले घरको माहौल निर्धारित गर्छ । वास्तुका अनुसार घरका केही वस्तुले सकारात्मक त केहीले नकारात्मक ऊर्जा ल्याउँछ । सकारात्मक उर्जा भएका वस्तु राख्दा घरमा सुख–समृद्धि आउँछ भने नकारात्मक ऊर्जा भएका वस्तुले हानी मात्रै गर्छ । आउनुहोस्, यस्ता चिजबारे जानकारी लिऔं जसलाई राख्दा घरमा सधैं पैसाको अभाव हुनेगर्छ ।

पुराना पत्रिकाः

धेरैजसो घरमा पुराना पत्रिका जम्मा भएर बसेका हुन्छन् । मानिसहरु आ–आफ्नो तरिकाले यी पत्रिका प्रयोग गर्ने गर्छन् । वास्तुका अनुसार यस्ता वस्तुले घरमा समस्या निम्त्याउने गर्छन् । पुराना पत्रिकामा धुलो–माटो जम्ने गर्छ र ओसिलो ठाउँमा राख्दा किरा जन्मिने हुर्कने डर पनि रहन्छ । एक तरिकाले यसले घरमा नकारात्मक ऊर्जा पैदा गर्ने गर्छ ।

World Link Ads
Mahakali Polytechnic

यदि तपाईंको पनि घरमा पुराना पत्रिका जम्मा गर्ने बानी छ भने छिटोभन्दा छिटो यसलाई परिवर्तन गर्नुहोस् । घरको नकारात्मक ऊर्जाले परिवारमा कलह हुन्छ, सफलतामा बाधा उत्पन्न हुन्छ र घरका सदस्यले आर्थिक हानी व्यवहोर्नुपर्ने हुन्छ । त्यसैले समय समयमा पुराना पत्रिका घरबाट बाहिर निकाल्नुपर्छ ।

बिग्रिएका, पुराना ताल्चाः

घरमा पुराना र बिग्रिसकेका ताल्चालाई राख्नु हुँदैन । वास्तुशास्त्रमा यसलाई असाध्यै अशुभ मानिन्छ । वास्तुका अनुसार राम्रो स्थितिमा भएको ताल्चा भाग्य खोल्नेको प्रतिक हुन्छ जबकी बन्द वा खराब ताल्चाले घरमा दुर्भाग्य ल्याउँछ ।

जुन ताल्चा बिग्रिएका छन् र प्रयोग गर्नु हुन्नँ, त्यसलाई तुरुन्त हटाउनुहोस् । बिग्रिएका ताल्चाले करियरमा बाधा उत्पन्न गर्ने र सफलताको मार्ग बन्द गरिदिने मान्यता छ । त्यसैले घरमा बिग्रिएका पुराना ताल्चा नराख्नुहोस् ।

पुराना–च्यात्तिएका कपडाः

वास्तुशास्त्रका अनुसार कपडाको सीधा सम्बन्ध भाग्यसँग हुन्छ । घरमा काम नलाग्ने, फाटेका, पुराना कपडाले सधैं दुभाग्य ल्याउँछ । यस्तोमा यस्ता कपडा घरबाट हटाउने वा कसैलाई बाँडिदिन नै राम्रो हुन्छ नभए तपाईंको भाग्यले तपाईंलाई साथ दिन बन्द गर्नेछ । वास्तुका अनुसार फाटेका, पुराना कपडाले करियरमा बारम्बार बाधा निम्त्याउने गर्छ ।

Sana Kishan

बन्द घडीः

घडीका सूईले जीवनलाई अघि बढ्न मद्दत गर्छ । यस्तै बन्द घडीले जिन्दगीमा बाधा बारे बताउने गर्छ । वास्तुका अनुसार घरमा बन्द घडी राख्दा भाग्य पनि रोकिने गर्छ र खराब समय चाँडै नै समाप्त हुँदैन ।

यदि तपाईंको घरमा बन्द, पुरानो घडी छ भने यसलाई तुरुन्त हटाउनुहोस् । बन्द घडीले राम्रो समय आउन नदिने र जीवनको सुख–समृद्धिमा बाधा उत्पन्न गर्ने मान्यता छ ।

खराब जुत्ता–चप्पलः

वास्तुशास्त्रमा जुत्ता चप्पलको सम्बन्ध संघर्षसँग जोडिएको हुन्छ । जीवनमा संघर्षलाई कम गर्न चाहनुहुन्छ भने जुत्ता–चप्पल राम्रो स्थितिमा राख्नुहोस् । घरमा पुराना, फाटेका वा खराब जुत्ता चप्पल राख्दा संघर्ष थप बढ्ने गर्छ । यसो गर्दा साना काम गर्न पनि अत्यधिक मिहिनेत गर्नुपर्छ ।

घरमा यदि पुराना र फाटेका जुत्ता चप्पल छन् भने यसलाई घरबाट बाहिर निकाल्नुहोस् । यस्ता जुत्ता–चप्पल शनिबार हटाउनुहोस् । यसो गर्दा शनिको अशुभ दशा कम हुन्छ । तपाईंसँग जुत्ता चप्पलको संख्या कम भएपनि त्यो सही स्थितिमा हुनुपर्छ ।

देवी देवताका पुराना मूर्ति र चित्रः

देवी देवताको मूर्ति र चित्रले एक निश्चित समयसम्म शुभ तरङ्ग सञ्चार गर्छ । त्यसपछि यसबाट नकारात्मक तरङ्ग निस्कन थाल्छ । त्यसैले पुराना मूर्ति वा चित्रलाई परिवर्तन गरिरहनुपर्छ । यसलाई बिग्रनु अघि नै जमिनमा गाडिदिनुहोस् वा पानीमा बगाइदिनुहोस् ।

देवी देवताको मूर्ति र चित्रले एक निश्चित समयसम्म शुभ तरङ्ग सञ्चार गर्छ । त्यसपछि यसबाट नकारात्मक तरङ्ग निस्कन थाल्छ । त्यसैले पुराना मूर्ति वा चित्रलाई परिवर्तन गरिरहनुपर्छ । यसलाई बिग्रनु अघि नै जमिनमा गाडिदिनुहोस् वा पानीमा बगाइदिनुहोस् । (रातोपाटी बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.