सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज र भोलि पानी कम पर्ने

काठमाण्डौ – आज र भोलि हिजो–अस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मनसुनको न्यूनचापीय क्षेत्र वायुमण्डलबाट केही तलतिर सरेकाले पानी कम पर्ने अनुमान गरिएको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

उहाँका अनुसार मनसुनको न्यूनचापीय क्षेत्र तलतिर सर्दा नेपालमा कम र भारतमा धेरै पानी पर्ने हुन्छ । तर यसले मात्रै मनुसुनी गतिविधिलाई निर्धारण भने नगर्ने मौसमविद्ले बताएका छन् । आज भन्दा भोलि अझ मौसम खुल्ने सम्भावना छ । लगातार झरी नपरे पनि हल्कादेखि मध्यम खालको वर्षा भने हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ ।

Sana Kishan

काठमाण्डौ उपत्यकामा दिउँसो पछि हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ । एक दुई दिन लगातार झरी नपरे पनि यस अघिकै वर्षाले जमिन गलिसकेकाले हल्का पानी पर्दा पनि पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञको सुझाव छ । (उज्यालो अनलाइन बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.