सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हेर्नुहोस् दैनिक राशिफल !! आज बिहीबार चम्किदैछ यी ७ राशिको भाग्य, तपाईको कुन ? 

आज मिति २०७८ साल साउन ७ गते बिहीबार, तदअनुसार सन् २०२१ जुलाई २२ तारिख । आषाढ शुक्लपक्ष त्रयोदशी तिथि । आज केही राशिको भाग्य चम्किदैछ भने केही राशि सावधान रहनुपर्ने देखिन्छ। आउनुहोस् हेरौँ आजको राशिफलः

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला। मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ। दिनको उत्तरार्ध भने सुखद् रहनेछ।

World Link Ads
Mahakali Polytechnic

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

शुभ कार्यमा सरिक बाईनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

लगनशीलताले कामहरू अगाडि बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला। लगानी गर्नु उपलब्धीमूलक नहोला । अतिथीको सेवा होला।

Sana Kishan

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

न्यायीक क्षेत्रमा सफलता मिल्ला। वैदेशिक कार्य अघी बढ्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। जोश,जाँगर र उमङ्ग बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। पठनपाठनमा प्रगती हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज बित्तिय संस्था बाट सहयोग पाईनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ। विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज धर्म,कर्ममा रुची बढ्नेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। नयाँ कार्यको थालनी हुनेछ। शुभ समाचार पनि सुन्न पाइएला। विपरित लिंगीप्रति आकर्षण बढ्नेछ। (नयाँ पुस्ता बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.