बन्द आन्दोलन नै चाहिने माग पुरा गर्न
लाठी गोली गरिबको राज पुरा गर्न
उल्टो चाल चल्दै हाम्रा मन्त्री बर्बराउँछन्
मन्त्र विहीन मन्त्र गाउँछन् राग पुरा भर्न
आफ्नो सेतो जिउ माथि स्वयं हिलो छ्याप्छौ
रसायनै लैजाऊ बरु दाग पुरा हर्न
चिल्लो चाट्ने मोटर चढ्ने बानी कहाँ छुट्छ
कारमा आऊ मन्त्री ‘मर्निङ वाक’ पुरा गर्न
ठुला मान्छे झन ठुलो झुठो बक्दा रैछन्
तिमी पनि बक आफ्नो भाग पुरा गर्न
रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट