सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निरोगी जीवनका लागि कस्तो दिनचर्या ?

निरोगी एवं तन्दुरुस्त रहनका लागि सन्तुलित दिनचर्या जरुरी हुन्छ । यसको अर्थ सुत्ने र उठ्ने तालिका, खाने तालिका आदि व्यवस्थित र नियमित हुनुपर्छ । यसका साथै व्यायाम, प्राणायाम, ध्यान आदिलाई दिनचर्याको हिस्सा बनाउनुपर्छ । शारीरिक रुपमा मात्र तन्दुरुस्त भएर पुग्दैन, मानसिक रुपले पनि तन्दुरुस्त हुनुपर्छ । शान्त, सकारात्मक, उत्साहित मन हुनुपर्छ ।

बिहान सूर्योदयअघि उठ्नु, सौच क्रिया गर्नु, व्यायाम गर्नु, ध्यान गर्नु, नास्ता गर्नु राम्रो दिनचर्याको सुरुवात हो ।

बिहान ताजा एवं पोषिलो नास्ता गर्नुपर्छ । किनभने रातभर केहि नखाने हुनाले हाम्रो मोटाबोलिज्म धीमा हुन्छ, जसको कारण तनाव हर्मोन बढ्छ । यसले हृदय रोग, तौल बढ्ने, मधुमेह हुने संभावना रहन्छ । जब हामी लामो समय केहि खाँदैनौ, तब हाम्रो शरीरमा पोषक तत्व कमी हुन्छ । त्यही कारण विहान उठ्नसाथ नास्ता गर्नुपर्छ ।

World Link Ads
Mahakali Polytechnic

भोक मेट्ने वा नास्ता गर्ने भन्दैमा जस्तो पनि खानेकुरा सेवन गर्नु ठीक होइन । कतिले छिटो छरितोको लागि जंक फूड सेवन गर्छन् । यो हाम्रो शरीरको लागि अखाद्य पदार्थ हो, जसमा ट्रान्स फ्याट (वोसोको सबैभन्दा खराब प्रकार) हुन्छ । यसले शरीरमा एलडीएल कोलेस्टोरको स्तर बढाइदिन्छ र एचडीएल कोलेस्टोरको स्तर कम गर्छ । नतिजा, हृदय रोगको खतरा हुन्छ । त्यसैले नास्ता स्वस्थ्य, पोषिलो र ताजा हुनुपर्छ ।

यदि प्रतिदिन एक फल र दुई कप सब्जी खानु हुन्न भने शरीरमा भिटामिनको कमी हुन्छ र पाचनको समस्या हुन्छ । यसले हृदय रोगको खतरा बढाउँछ । आफ्नो छाला, केस स्वस्थ्य राख्न, हड्डी बलियो बनाउन भिटामिनको आवश्यक हुन्छ । त्यसैले मध्यन्ह एवं रातको खानामा सब्जीको उचित सेवन आवश्यक हुन्छ ।

कुनैपनि काम गर्न अल्छी मान्नुहुन्छ, धेरै समय बसेर बिताउनुहुन्छ भने तपाइंको शरीर कमजोर हुँदै जान्छ । मांसपेशी र हड्डी कमजोर हुन्छ, जसले आस्टियोपोरोसिसको संभावना बढ्छ । तपाईको शरीरको कार्यसंचालन ठिक ढंगले हुँदैन । फलतः अनेकन रोगहरु लाग्न सक्छ । यस्तो खतराबाट बच्नका लागि सक्रिय जीवनशैली अपनाउनुहोस् । नियमित व्यायाम गर्ने, हिँड्ने, कुद्ने, काम गर्ने जस्ता गतिविधि बढाउनुहोस् ।

Sana Kishan

हाम्रो शरीरले आफ्नो कार्यसंचालन सुचारु राख्नका लागि हाइड्रेटेड रहनुपर्छ । यदि हाम्रो शरीरमा पानीको मात्रा अपुग भयो भने थकान महसुष हुन्छ, अनेक किसिमको समस्याहरु देखा पर्न थाल्छ । किनभने पर्याप्त मात्रामा पानी पिउँदा शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । हामीलाई प्रतिदिन कम्तीमा दुई लिटर पानी आवश्यक हुन्छ ।

कुनैपनि खानेकुरा सेवन गर्नुअघि राम्ररी हात धुने, ब्रस गर्ने, नुहाउने, सफा कपडा लगाउने जस्ता कुराले हामीलाई चंगा बनाउँछ । यसले शरीरलाई जिवाणुहरुको सम्पर्कबाट पनि टाढा राख्छ । फलतः कुनैपनि संक्रमणको संभावना हुँदैन ।

प्रत्येक व्यक्तिका लागि पर्याप्त निन्द्रा आवश्यक हुन्छ । मस्त निदाउन सकिएन भने शरीर भद्दा हुन्छ । हाम्रो दिनचर्या अस्तव्यस्त हुन्छ । मानसिक थकान महसुष हुन्छ । यसले अनेक किसिमको रोग पनि निम्त्याउँछ । त्यसैले पर्याप्त निदाउनुपर्छ ।

हामी काम, करियर, पैसाको दौडामा लागेर आफैलाई भुल्छौं । आफ्नो अवस्था कस्तो छ भन्ने कुराको हेक्का राख्दैनौ । आरम, मनोरञ्जन जस्ता कुरामा ध्यान दिदैनौ । यो सहि तरिका होइन ।

हरेक दिन केहि न केहि समय आफ्नो लागि निकाल्नु पर्छ । त्यस अवधीमा तपाईं मस्त आनन्द लिनुहोस् । मनोरञ्जन गरेर हुन्छ कि, फिल्म हेरेर हुन्छ, मसाज गराएर हुन्छ कि, मेकअप गरेर नै, आफ्नो लागि अतिरिक्त समय दिनैपर्छ । (अनलाइनखबर बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.