Bedkot Samudayik Ban

के होला यदि आँशु नै नबने ?

Sana Kishan
Total
26
Shares

‘आँशु’सँग मान्छेको नाता कम्ता चाखलाग्दो छैन । मान्छेको भावनालाई स्वभाविक रुपमा, प्राकृतिक रुपमा अभिव्यक्त गर्ने संकेत हो, आँशु ।

Arus

जस्तो कुनैपनि कुरा देखेपछि, सुनेपछि, भेटेपछि मान्छेले प्रतिक्रिया जनाउँछ । प्रतिक्रिया जनाउनका लागि मान्छेसँग बोली छ, भाषा छ । बोलीकै माध्यामबाट मान्छेले कुनै न कुनै प्रतिक्रिया जनाउँछ । त्यसपछि मान्छेल आफ्नो हाउभाउ वा इन्द्रियहरुको माध्यामबाट प्रतिक्रिया जनाउँछ ।

जस्तो कुनै परिचित मान्छेसँग भेट्दा हामी मुसुक्क हाँस्छौं । हाँस्नुको अर्थ उनीसँगको सम्बन्ध कायम छ भनेर देखाउनु पनि हो । वा आफुहरुबीचको चिनापर्ची अभिव्यक्त गर्नु पनि हो । तर, हाँसोमा मान्छेले नियन्त्रण गर्न सक्छन् । हाँसो पूर्णत प्राकृतिक हुँदैन ।

मान्छेले चाहेको अवस्थामा हाँस्न सक्छ, नहास्न सक्छ । अरुले ठट्यौली गरेको बखत मान्छेलाई स्वतस्फुर्त हाँस नउठ्न पनि सक्छ । यस्तो बेला मान्छेले बनावटी हाँसो हाँस्छन् । मान्छे खुसी हुँदा हाँस्छन्, उमंगित हुँदा हाँस्छन्, रमाइलो मान्दा हाँस्छन् ।

हाँस्नु, रुनु दुबै मान्छेले आफुलाई अभिव्यक्त गर्ने माध्याम हुन् ।

तर, आँशुको कुरा फरक छ । मान्छेको आँखाबाट बनावटी रुपमा सजिलै आँशु आउँदैन । हुन त सिनेमा, नाटकमा अभिनय गर्ने कलाकारहरुले चाहेको अवस्थामा आँशु निकाल्न सक्छन् । यद्यपि त्यसको प्रक्रिया पनि भावनासँग जोडिएको छ ।

मान्छेको आँशु एक भावनात्मक अभिव्यक्ती हो । अर्थात आँशु भनेको मान्छेभित्रको हलचल बुझ्ने सबैभन्दा विश्वसनिय माध्याम हो ।

अक्सर मान्छेले आँशुलाई ‘दुःख’को बिम्वको रुपमा पेश गर्छन् । जब मान्छे गहिरो दुःखमा पुग्छन्, शोकमा डुब्छन्, तब उसको आँखाबाट आँशु आउन थाल्छ । मान्छेको चित्त दुखेको बखत, मनमा गहिरो चोट पुगेको बखत मान्छेको आँखा रसाउँछ । वियोगमा, पीडामा, कष्टमा मान्छेको आँखाबाट आँशु चुहिन्छ । यसर्थ मान्छेको दुःख अभिव्यक्त गर्ने माध्याम हो आँशु ।

तर, मान्छे एकदमै वा अनायसै खुसी हुँदा पनि उनको आँखामा आँशु रसाउँछ । तपाईंले अपत्यासित आफ्नो प्रिय मान्छे भेट्नुभयो, तपाईंले कुनै विधामा राम्रो पुरस्कार प्रास्त गर्नुभयो, एकदमै श्रद्धा गर्ने व्यक्तिले स्नेहपूर्वक केही भन्यो भने तपाईंको आँखा टिलपिल हुन्छ । एउटा अपहेलित, अत्यान्तै गरिब, अत्यान्तै दुःखी मान्छेलाई तपाईंले माया गरेर अंगालो हाल्नुहोस्, उसको आँखा पनि आँशुले भरिन्छ । यो दुःखको आँशु होइन, स्नेहको आँशु हो । सद्भावको आँशु हो ।

खुसी हुँदाको क्षणमा पनि तपाईंको आँशु आउँछ । उमेर, समय र परिस्थिती अनुसार आँशुको भाषा फरक फरक हुन्छ ।

Karnali Traders

भर्खरै जन्मिएको शिशुसँग आफ्नो भावना व्यक्त गर्नलाई आँशु र हाँसो दुई वटा माध्याम हुन्छ । उनीहरु दुःखमा रुन्छन्, आँशु बगाउँछन् । जवकि एउटा वयस्क व्यक्तिसँग आफुलाई व्यक्त गर्न अनेक माध्याम हुन्छन् । बोलेर, हाउभाउबाट उसले आफmुलाई व्यक्त गर्न सक्छ । तर, गहिरो शोकमा, असह्य पीडामा, एकदमै खुसीमा उनीसँग भन्नका लागि एउटै भाषा बाँकी रहन्छ, आँशु ।

मान्छेको स्वभावबारे पनि आँशुले बताउँछ । भावुक मान्छेहरुको आँखामा चाडै आँशु आउँछ । जबकि कठोर मान्छेहरुको आँखामा सहजै आँशु देखिदैन ।

हुन त, आँखाको संक्रमणमा, आँखामा फोहोर पसेको बखत पनि आँशु आउँछ । आँखाको कमजोरीमा, कुनै समस्यामा पनि आँशु आँउछ । यी आँशुसँग भने भावनाको कुनै सम्बन्ध छैन । आँखामा फोहोर पस्यो भने पनि आँशु आउँछ ।

आँशुले आँखालाई सुख्खा वा रुखो हुनबाट बचाउँछ । आँखामा परेको फोहोरबाट पनि बचाँउछ । आँशु आँखाको अश्रु नलिबाट निस्कने पानी एवं नुनको मिश्रणबाट बन्छ ।

डार्विनले भनेका रहेछन्, भावुकतामा आँशु केवल मान्छेले नै बगाउन सक्छन् । यस सम्बन्धी एक प्रोफेसर माइकल ट्रिंबलले पुस्तक नै लेखेका छन्, ‘मान्छे किन रुन चाहन्छन् ।’

विज्ञानमा भने यसको कुनै खोज भएको रहेनछ । इमोशनल रोलर कोस्टर पुस्तककी लेखिका क्लाउडिया हेमन्डले भनेकी छिन्, ‘हामी सबै रुन्छौं, तर यस सम्बन्धमा प्रयोगशालामा एकदमै कम अध्ययन भएको छ ।’ (अनलाइनखबर बाट सभार)

Total
26
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
26
Share