सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेला–बेलामा पेट बाउडिन्छ ? सावधान ! हुनसक्छ यस्तो समस्याहरु !!

पेटमा ग्यास भरिने, कब्जियत हुने, पखला लाग्ने जस्ता समस्यालाई हामी सामान्य ठान्छौ। कतिपय अवस्थामा यी सामान्य पनि हुन्। खानपान र दिनचर्या नमिल्दा यस्ता समस्या उत्पनन हुनसक्छ। तर, सधै यहि अवस्था रहिरहेमा ?

यो अवस्था निरन्तर रहेमा सर्तक हुनैपर्छ। किनभने यसले के संकेत गर्छ भने, ठूलो आन्द्रामा कुनै न कुनै समस्या छ।

सामान्यतः इरिटेबल बाउल सिन्ड्रोमलाई (आईबीएस) ठूलो आन्द्रा सम्बन्धी एउटा समस्या हो। यो समस्या भएमा ठूलो आन्द्राले राम्ररी काम गर्न सक्दैन। जसका कारण पेट दुख्ने, पेट फुल्ने, बेचैनी हुने, पेटमा ग्यास भरिने तथा पखाला लाग्ने तथा कब्जियत हुन लगायतका समस्या उत्पन्न हुने गर्छ।

World Link Ads
Mahakali Polytechnic

चिकित्सकिय भाषामा इरिटेबल बाउल सिन्ड्रोमलाई स्पैस्टिक कोलन, इरिटेबल कोलन तथा म्युकस कोइलटिस पनि भन्ने गरिन्छ। आइबीएसले आन्द्रालाई खराब गर्दैन। तर आन्द्रा खराब भएको संकेत गर्छ। यो समस्या आन्द्राको गम्भीर समस्या भएकोले लामो समयसम्म उपचार गर्नु पर्ने हुन्छ।

Dirghayu Ads

लक्षण

आईबीएस भएमा पेट बाउडिने, भोक नलाग्ने, कब्जियत, पखाला लाग्ने, पेटमा ग्यास भरिने गर्छ। अमिलो पानी आउने, तल्लो पेट दुख्ने, पेटमा आउ पर्ने लगायतको लक्षण देखा पर्ने गर्छ । दूध, अण्डा, काउली, सिमी लगायतका निश्चित खानपानका कारण पनि आन्द्रामा समस्या हुने गर्छ।

यसकारण हुन्छ

आइबीएसको निश्चित कारण अझै थाहा हुन सकेको छैन। यद्यपि, आन्द्राको मांसपेशीले राम्ररी काम नगर्दा यस्तो समस्या निम्तने गर्छ। आन्द्राको असाधारण खुम्चने प्रक्रियाकै कारण आन्द्राले राम्ररी काम गर्न सक्दैन र पेट दुख्न थाल्छ।

कयौ मानिसलाई तनावका कारण यस्तो समस्या हुने गर्छ। तनाव भएमा एड्रिनल ग्रन्थीबाट एड्रिनल तथा कार्टिसाल नामको हर्मोनको श्राव हुन्छ। तनावकै कारण पाचन यन्त्रमा जलन हुनथाल्छ जसले गर्दा पाचन नलीमा सुजन हुन्छ, जसका कारण शरीरले पोषण तत्व पाउदैन।

आइबीएसको समस्या पुरुषको तुलनामा महिलाहरुलाई दोब्बर हुने गर्छ। महिलाहरुमा हर्मोनको गडबडी पनि आईबीएस् (इरिटेबल बाउल सिन्ड्रोम)को कारण हुनसक्छ। कयौ महिलामा महिनावारीको समयम यो समस्या धेरै हुने गर्छ।

Sana Kishan

संवेदनशील आन्द्रा वा कमजोर रोग प्रतिरोधक क्षमताका कारण पनि यस्ता समस्या पैदा हुन सक्छ।त्यस्तै, पेटमा व्याक्टेरियाको संक्रमणका कारण पनि यस्तो समस्या हुन सक्छ।

कसरी थाहा पाउने ?

इरिटेबल बाउल सिन्ड्रोम पेटसित सम्बन्धित समस्या भएकोले यसबारे जान्न निकै जरुरी छ। किनकी शरीरमा देखा पर्ने कयौ रोगको पनि यस्तै लक्षण हुने गर्छ।

विशेषगरी दिशामा रगत देखिएमा, तौल अचानक कम भएमा, खान मन नलागे, तथा विरामीलाई कैसर देखा परेको छ भने यसको उचित जाच गर्नु उपर्युक्त हुन्छ।

उपचार विधि

इरिटेबल बाउल सिन्ड्रोमको उपचार सरल छ। तर उपचारद्धारा यो रोग तथा यसका कारण हुने रोगको उपचार हुन भने पक्कै समय लाग्छ।

यो रोग लागेमा सन्तुलित तथा पौष्टिक आहार खान तथा नियमित रुपमा खान चिकित्सकहरु सल्लाह दिने गर्छन्। यस्तो समस्या भएमा न त एकैपटक धेरै खानु हुन्छ, न त कम। ज्यादा समय भोकै बस्नुले पनि समस्या निम्त्याउन सक्छ।

त्यस्तै यस्तो समस्या भएमा जंकफुडबाट टाढै बस्नुपर्छ। फाइबरयुक्त आहारको सेवन उचित मानिन्छ।

यही रोगकै कारण विरामीलाई ज्वरो आउने तथा पखालाका कारण शरीरमा पानीको कमी हुनाले निकै समस्या हुने गर्छ। त्यसको रोकथामको लागि सबैभन्दा पहिले विरामीलाई औषधी दिइने गरिन्छ र त्यसको असर हेर्नका लागि तुरुन्तै फेरी बोलाउने गरिन्छ।

इरिटेबल बाउल सिन्ड्रोममा विरामीलाई तनाव समेत हुन सक्छ, जसका कारण यो समस्या गम्भीर बन्न सक्छ। त्यसैले , इरिटेबल बाउल सिन्ड्रोम भएमा तनावबाट राहत पाउन निकै जरुरी छ। (नयाँ पुस्ता बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.