सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अमिलो डकार आउनु सामान्य हो ?

ग्याष्ट्रिक भएमा वा अपचको समस्यामा अमिलो डकार आउने गर्छ । चिल्लोचाप्लो, अमिलो, पिरो वा चिसो खानेकुरा खाँदा पनि अमिलो डकार आउँछ । अमिलो डकार आउनु सामान्य हो ? वा यसले अरु जटिलता निम्त्याउन सक्छ ?

सामन्यतय खराब र अनियमित खानपानले ग्याष्ट्रिक लगायत पेटको समस्या हुन्छ । अपच, ग्याष्ट्रिक आदि भएको अवस्थामा मुखमा अमिलो डकार आउने गर्छ । कहिले काहीँ पेट फुल्ने, पेट दुख्ने, घाँटी तथा पेटमा जलन अनुभव हुने वान्ता हुने जस्ता समस्या पनि देखिन्छ ।

कतिपय घरेलु ओखतीले यस्तो समस्याबाट सजिलै छुटकारा पाउन सकिन्छ । साथै उचित मात्रामा सही खानपान गर्ने, चिल्लोचाप्लो वा मसेलदार खानपान नियन्त्रण गर्ने, मदिरा वा क्याफिन सेवन नगर्ने, सक्रिय जीवनशैली अपनाउने, अनावश्यक तनावबाट मुक्त हुने नै यसबाट बच्ने सरल विधी हुन् ।

World Link Ads
Mahakali Polytechnic

के हुन्छ असर ?

Dirghayu Ads

पेट दुख्ने

पेट गडगडाउने÷कराउने

पेटको अल्सर

कब्जियत

वाकवाकी लाग्ने

छाती पोल्ने

अमिलो पानी आउने

सामान्यतया अमिलो पानी केवल खानाकै कारण मात्र पनि आउँदैन । तनाव , अनियमित व्यायाम तथा अन्य पुराना रोगका कारण पनि मुखबाट अमिलो पानी आउने गर्छ ।

अमिलो डकार विभिन्न कारणले आउने गर्छ । जसमध्ये एक खानालाई पनि मानिन्छ । विशेषगरी खाना पच्ने क्रममा शरीरको ग्यासको विकास हुदाँ पनि धेरैलाई अमिलो डकारको समस्या हुने गर्छ । त्यस्तै, प्रोटिनयुक्त आहार तथा मदिराको सेवनका कारण पनि धेरैलाई अमिलो डकारको समस्या हुने गर्दछ ।

त्यस्तै, कतिपयलाई इरिटेबल बाउल सिन्ड्रोम , पेटको एसिड भोजन नलीमा आएमा तथा पाचन प्रक्रिया सम्बन्धि समस्या भएमा पनि अमिलो डकार आउने गर्दछ ।

धेरै खाना

आवश्यक्ता भन्दा बढी मात्रामा भोजन गर्नाले पनि धेरैलाई अमिलो डकार आउने गर्दछ । मदिरा, कैफिन तथा चिसो पेय पदार्थ लगायतका कारण पनि अमिलो डकार आउने गर्दछ । त्यसबाहेक, नाकको सट्टा मुखबाट सास लिने तथा खाना खाने समयमा धेरै बोल्ने मानिसमा पनि अमिलो डकार वा अमिलो पानी आउने समस्या हुने गर्दछ ।

मोटोपना

विभिन्न समस्याका मोटोपना भएका मानिसमा यो समस्या आउने गर्दछ । विशेषगरी, मोटो मानिसहरुमा बाटुलो शरीरका कारण पेटमा अधिक वल पर्न गर्छ ।जसका कारण पेटको एसिड अन्न नलीमा पुग्ने गर्छ । त्यसबोहक, अनियमित व्यायाम तथा गलत खानपानका कारण पनि यो समस्या हुने गर्छ ।

गर्भावस्था

गर्भावस्थाका दौरान धेरैलाई अमिलो पानी वा अमिलो डकार आउने समस्या हुने गर्छ । विशेषगरी, पेटमा रहेको गर्भको आकार बढ्दै गएम पेटमा वल पर्ने गर्छ । र, यस दौरान बन्ने वाला हर्मोन अन्ननलीको मुन्तिरको भागमा पुगेर यसले असर देखाउने गर्दछ । त्यसबाहेक गर्भावस्थामा हुने रक्तअल्पत्राका कारण सास फुल्ने तथा अत्याधिक थकान महसुस हुने गर्दछ । जसका कारण गर्भवती महिलाहरुले मुखबाट सास लिने गर्दछन् । र, सोही क्रममा हावा पेटमा पसेर अमिलो डकारको समस्या निम्त्याउने गर्दछ ।

त्यसबाहेक, अन्य कारणहरुले गर्दा पनि अमिलो डकार आउने गर्छ ।

– केही औषधी

– तनाव

– भोकै बस्ने

– अत्याधिक चिन्ता

– अनियमित व्यायाम

– आवश्यकता भन्दा बढी मात्रामा खाना

Sana Kishan

– छिटो छिटो खाने बानी

– गलत समयको भोजन

– खाना र्खा लगत्तै सुत्ने बानी

– चिल्लो, पिरो खानेकुराको सेवन

– फुड प्वाइजनिङ्ग

– मदिराको सेवन

कसरी बच्ने ?

– धुमपान नगर्ने

– छिटो छिटो नखाने

– सुत्नु केही घण्टा अगाडाी खानाको सेवन

– डकार आउनु पूर्व पेटमा हावा निस्कनु

– पेय पदार्थको सेवन गर्दा पाइपको प्रयोग गर्नु

– चुइगमको प्रयोग कम गर्ने

– तारेको वा भुटेको खानेकुरा नखाने

–प्रशस्त मात्रामा पानीको सेवन गर्ने

– सक्रिय जीवनशैली अपनाउने

– सुत्नु ३–४ घण्टा अघिबाट केही नखाने

अमिलो डकार आएमा हुन सक्ने समस्या ?

अमिलो डकार आउने समस्या समयमै ठीक नभएमा यी समस्या उत्पन्न हुन सक्दछ ।

– भोजन नलीमा घाउ भएन नयाँ डिस्यू पलाउने

– अन्न नलीमा घाउ वा जलन पैदा हुने

– अन्ननलीमा रक्तश्राव हुने

– घाँटी तथा आवाजमा समस्या आउने

– दाँत विग्रने , झर्ने

– सास लिनमा समस्या

(अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.