सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कसरी पकाएको खानेकुरा विषात्त ?

अक्सर हामी खानेकुरा पकाउँदा त्यो कति स्वस्थ्यकर बनाउने भन्ने कुरामा ख्याल गर्र्दैनौं । केवल जिब्रोको स्वादलाई ध्यान दिन्छौं । सामान्यत, हामी बासी खानेकुरालाई पुन भुटेर, तताएर खान्छौं । यसो गर्दा ति खानेकुराको पोषक तत्व त नष्ट हुन्छ नै, थप विषाक्त पनि बन्छ । अर्थात खानेकुराको नाममा हामी बिष सेवन गर्न पुग्छौं ।

यस्तो अवस्था त त्यो बेला बढी हुन्छ, जब पटक पटक एकै तेल प्रयोग गरिन्छ ।

हामीकहाँ के चलन छ भने, धेरै तेल हालेर खानेकुरा पकाउने । तेल बाँकी रह्यो भने, त्यसलाई पुन प्रयोग गर्ने । बजारको खानेकुरामा त यस्तो अधिक हुनेगर्छ । यद्यपी घरमा पनि हामी त्यही गल्ती गरिरहेका हुन्छौं । किनभने एक पटक प्रयोग गरिएको बाँकी तेल फ्याक्न हामीलाई लोभ लाग्छ । त्यसलाई पुन प्रयोग गर्छौ, तर त्यसले स्वास्थ्यलाई भने गंभिर असर गरिरहेको हुनछ ।

World Link Ads
Mahakali Polytechnic

चाडपर्व, बिहे भोजमा तेलको अत्याधिक प्रयोग गर्छौ । मिठाई वा अन्य खानेकुरा पकाएर बाँकी रहेको तेल राख्छौं । त्यसलाई पुन प्रयोग गर्छौं ।

एक पटक प्रयोग गरिसकेको तेल दोस्रो वा तेस्रो वा चौथो पटकसम्म पुन प्रयोग गर्छौं । एक पटक कुनै खानेकुरा पकाएर बाँकी रहेको तेललाई पुन तताउँदा त्यो विषाक्त बन्छ । आहार विशेषज्ञका अनुसार ‘त्यसरी तताउँदा मुक्त कण बन्छ । यो मुक्त कण स्वस्थ्य कोशिकासँग जोडिन्छ र त्यसले केहि रोग पैदा गर्छ ।’

विज्ञका अनुसार त्यस्ता कणले क्यान्सर समेत पैदा गर्न सक्छ । रक्त धमनीमा खराब कोलेस्ट्रोरको स्टर बढाउँछ । धमनीमा अवरोध आउँछ ।

Sana Kishan

तेल जब पटक पटक तताइन्छ, त्यो विषाक्त बन्छ । जति धेरै पटक तताइन्छ, त्यो उत्तिनै क्यान्सरको कारक बन्न सक्छ ।

तेललाई पटक पटक तताएर प्रयोग गर्दा त्यसले पेटको क्यान्सर हुने संभावना रहन्छ ।

यसरी तेल प्रयोग गर्दा त्यसमा विस्तारै विस्तारै फ्रि रेडिकल्स बन्न थाल्छ । यस रेडिकल्स श्राव भएपछि तेलको एन्टि अक्सिडेन्ट नष्ट हुन्छ । यसरी बाँकी रहेको तेल क्यान्सरको कारण बन्न सक्छ ।

तेल तताउँदा कराहीमा कालो बोसो तत्व जम्मा हुन्छ । यो बोसो जब शरीरभित्र प्रवेश गर्छ, त्यसले कोलेस्ट्रोल बढाइदिन्छ । यसले मोटोपन पनि बढाइदिनसक्छ । एसिडिटी र मुटुको समस्या निम्त्याउन सक्छ ।

हामी स्वादको लागि डिप फ्राई गरेर खानेकुरा सेवन गर्छौ । तर, यो एकदमै हानिकारक हुन्छ । डिप फ्राई गर्दा त्यसको भाँडामा रहेको केमिकल खानेकुरामा मिसिन्छ । खानेकुरामा रहेको पोषक तत्व नष्ट हुन्छ । अत्याधिक तताइएको तेल पनि विषाक्त बन्छ । त्यसैले संभव भएसम्म डिप फ्राई खानेकुरा सेवन गर्नु हुँदैन । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.