सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लेमनग्रासको औषधीय गुण !!

लेमनग्रासको मुख्य तत्व लेमोनल वा सिट्रल हो, जसमा एन्टीफंगल र एन्टी माइक्रोबियल गुण पाइन्छ । लेमग्रास स्वास्थ्यको लागि उपयोगी हुन्छ ।

लेमनग्रास भिटामिन ए, बी, सी र फोलेटको लागि राम्रो स्रोत हो । यसमा पाइने पोटेसियम, क्याल्सियम, म्याग्नेसियम, आइरन शरीरलाई स्वस्थ रही कार्यसम्पादन गर्नको लागि आवश्यक हुन्छ ।

यसमा पाइने एन्टीअक्सिडेन्ट (फिनोलिक यौगिक)ले शरीरमा हुने विभिन्न रोगहरुबाट बच्न औषधिको रुपमा काम गर्छ । यस्ता छन् लेमनग्रासको सेवनबाट पाइने फाइदाः
कोलेस्टेरोल कम गर्छ

World Link Ads
Mahakali Polytechnic

लेमनग्रासमा एन्टीहाइपर लिपिडोमिक र एन्टी हाइपर कोलेस्ट्रोस्ट्रोलेमल गुण हुन्छ जसले कोलेस्टेरोलको स्तरलाई स्वस्थ राख्न मद्धत गर्छ । एक अध्ययनका अनुसार दैनिक लेमनग्रासको सेवन गर्नाले ट्राइग्लिसराइड्सको स्तर ठिक हुन्छ र शरीरबाट एलडिएल कोलेस्टेरोल कम गर्न मद्धत पुग्छ ।

शरीरबाट विषाक्त पदार्थ निकाल्छ

लेमनग्रासले शरीरमा जम्मा भएका हानीकारक विषाक्त पदार्थ निकाल्नमा मद्धत गर्छ । शरीरबाट विषाक्त पदार्थ निस्किएपछि शरीरको अंगले राम्रोसँग काम गर्छ ।

यसले शरीरमा युरिक एसिडको स्तर कम गर्न मद्धत गर्छ । लेमनग्रासमा पाइने डाइयुरेटिक गुणको कारण धेरैपटक पिसाब लाग्छ र पिसाबको माध्यमबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ । यसले तपाईंको पाचन स्वास्थ्य पनि ठिक हुन्छ ।

पेटको समस्या हटाउँछ

Sana Kishan

एक अध्ययनका अनुसार लेमनग्रासान एन्टी माइक्रोबियल र एन्टी ब्याक्टेरियल गुण हुन्छ जसले पेटमा हुने इन्फेक्सनबाट लड्नमा मद्धत गर्छ । साथै यसले पाचनप्रणालीलाई सुधार्न, ग्यास्टोइन्टेस्टनल डिसअर्डर जस्ता अल्सरलाई रोकथाममा पनि मद्धत गर्छ । लेमनग्रासको सेबनले कब्जियतको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

छालाको हेरचाह

लेमनग्रासमा पाइने एन्टीसेप्टिक र एस्ट्रिन्जन्ट गुणको कारण यो छालाको लागि धेरै फाइदाकारी हुन्छ । यसले चिल्लो छालाको लागि धेरै राम्रो क्लिन्जरको रुपमा काम गर्छ र छालाबाट दाग धब्बा हटाउन मद्धत गर्छ ।

शरीरको दुर्गन्ध हटाउँछ

डियोड्रेन्ट बनाउन लेमनग्रासको प्रयोग गरिन्छ । यसमा पाइने एन्टीब्याक्टेरियलले शरीरबाट आउने दुर्गन्धलाई टाढा बनाउन मद्धत गर्छ । साथै फंगल र ब्याक्टेरियल इन्फेक्सनबाट रोकथाम गर्छ ।

प्रतिरोधी प्रणाली बलियो बनाउँछ

लेमनग्रासले पाचन, श्वास र स्नायूप्रणालीलाई ठिक राख्न मद्धत गछ । यसले खानाबाट शरीरको लागि आवश्यक पोषक तत्व अवशोषित गर्न मद्धत गर्छ जसले हाम्रो रोग प्रतिरोधी प्रणाली मजबुत हुन्छ । (खबरदारी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.