सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी पाँच गल्तीले हुनसक्छ कलेजोको क्यान्सर !!

कलेजको क्यान्सर हुने जोखिम धेरैलाई हुन्छ। खासगरी अस्वस्थ्यकर जीवनशैली अपनाउनेमा यस्तो जोखिम बढी हुन्छ। यद्यपी कलेजोको क्यान्सरको कारण यो मात्र एक कारण होइन, हाम्रा कतिपय गल्तीले कलेजोमा क्यान्सर हुन सक्छ।

के हो कलेजो ?

कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो। कति बयस्कमा यसको लम्बाई १५ सेमी (लगभग ६ इन्च) हुन्छ। यो नै शरीरको सबैभन्दा गहु्रँगो अंग पनि हो, जसको तौल सावा किलोदेखि डेढ किलोसम्म हुन्छ। यो हाम्रो पेटको दाहिने भागमा हुन्छ।

World Link Ads
Mahakali Polytechnic

के काम गर्छ ?

Dirghayu Ads

यसले शरीरमा ५ सयभन्दा बढी काम गर्छ। यसको मूख्य काम चाहि पाचन नलीबाट आउने रगतलाई शुद्धिकरण गरेर पुरै शरीरमा संचार गराउने हो। रगतलाई शक्तिमा बदल्ने काम पनि कलेजोले गर्छ।

हामी जे औषधी सेवन गर्छौ, त्यसलाई पनि यसैले शरीरमा संचार गराइदिन्छ। तर, यति महत्वपूर्ण कलेजोलाई कसरी रक्षा गर्ने भन्ने कुरामा हामी खासै ख्याल राख्दैनौ।

कलेजोमा क्यान्सर कसरी हुन्छ ?

१) धेरै मदिरा सेवन गर्दा लिभर सिरोसिस नामक रोग लाग्न सक्छ, जो क्यान्सरमा बदलिन्छ ।

२) हेपटाइटिस बि र सिको कारण कलेजो चाडै कमजोर हुन्छ र त्यसले क्यान्सर पनि निम्त्याउँछ ।

Sana Kishan

३) डाइललिसस गर्ने व्यक्तिको इन्फेक्सनको कारण कलेजोको क्यान्सर हुने संभावना बढी हुन्छ ।

४) मधुमेहको कारण नन अल्कोहलिक फ्याटी लिभर नामक रोग लाग्न सक्छ, जो क्यान्सरको कारण बन्न सक्छ ।

५) मोटोपनको कारण कलेजोमा बोसो जम्छ । यसले पनि क्यान्सरको जोखिम बढाउँछ ।

कसरी थाहा पाउने ?

पेटको माथिल्लो दाहिने भागमा लगातार पीडा हुनु कलेजोको क्यान्सरको लक्षण हो ।

भोक नलाग्नु, अचानक तौल घट्नु पनि कलेजोको क्यान्सरको लक्षण हुनसक्छ ।

कलेजोको क्यान्सरको कारण पेटमा पानी जम्न थाल्छ ।

कलेजोको क्यान्सरको कारण शरीरमा पहेंलोपन बढ्छ ।

नियमित रुपमा ज्वरो आइरहन्छ । महिनौंसम्म उपचारपछि पनि निको हुँदैन । (नयाँ पुस्ता बाट सभार) 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.