सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमाले माधवकुमार नेपाल पक्षका ११ सांसदले प्रधानमन्त्रीलाई विश्‍वासको मत दिने

काठमाडौँ – नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार पक्षका ११ सांसदले मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । पार्टी एकताका लागि दबाब पुगोस् भनेर उक्त निर्णय लिइएको सांसद दिपक प्रकाश भट्टले जानकारी दिए ।

उनका अनुसार देउवालाई मत दिनेहरुमा माधवकुमार नेपाल, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याण खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरुलगायत ११ छन् ।

देउवाका पक्षमा रहेका एमाले वरिष्ठ नेता झलनाथ खनाल बिरामी भएका कारण भारतमा उपचाररत छन् भने उपाध्यक्ष भीम रावलले आइतबार नै सांसद पदबाट राजीनामा दिएका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यस्तै पार्टी एकताका लागि दबाब दिन भन्दै नेपाल पक्षकै १० जना सांसदले देउवालाई विश्वासको मत नदिने निर्णय लिएका छन् । जसमा योगेश भट्टराई, घनश्याम भुसाल, नारायण खतिवडा, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, दिपक प्रकाश भट्ट, राजबहादुर बुढा, झपट रावललगायत छन् । प्रतिनिधिसभा बैठक जारी रहेकै बेला एमालेका केही सांसदहरु बाहिरएका छन् ।

Dirghayu Ads

यस्तै अध्यक्ष केपी शर्मा ओली पक्षका १० जना सांसद तटस्थ बस्ने भएका छन् । सांसद दिपक प्रकाश भट्टले भने, ’विश्वासको मत पक्षमा मत दिने पनि हुनुहुन्छ नदिने हुनुहुन्छ । हामी २० जना तटस्थ बस्छौं । यो संख्या बढ्न पनि सक्छ ।’

प्रधानमन्त्री देउवाले विश्वासको मत लिनका लागि अहिले प्रतिनिधिसभामा प्रक्रिया चलिरहेको छ । (ekantipur.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.