सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको भीमदत्त नगरपालिकामा हरित पुनःस्थापना प्रर्बद्धन कार्यक्रम संचालन हुने

कञ्चनपुर , भीमदत्त

कञ्चनपुरको भीमदत्त नगरपालिकामा फोहोरमैला व्यवस्थापनका लागि हरित पुनःस्थापना प्रर्बद्धन कार्यक्तम संचालन हुने भएको छ । नगरपालिकाले निड्स नेपालसंगको साँझेदारीमा हरित पुनःस्थापना प्रर्बद्धन कार्यक्तम संचालन गर्न लागेको हो । उक्त परियोजनाबारे आइतबार निड्स नेपाल भीमदत्त नगरपालिकाले सरोकारवालासंग छलफल गरेको छ ।

World Link Ads
Mahakali Polytechnic

हरित पुनःस्थापना प्रर्बद्धन कार्यक्तमका संयोजक केशवराज पन्तले कार्यक्रम बारे जानकारी गराउँदै फोहोरमैला मुक्त शहरका लागि कुहिने नकुहिने बस्तुको व्यवस्थापन गरिने बताए । कार्यक्रममा सहभागिहरुले बजार क्षेत्रको फोहोरको दिगो व्यवस्थापनमा जोडदिएका छन ।

Sana Kishan

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले संयुक्त साँझेदारीमा नगरपालिका क्षेत्रको फोहोर व्यवस्थापन गरिने बताए । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले नगर क्षेत्रको सम्पूर्ण फोहोरमैला व्यवस्थापनका लागि साँझेदारी आवश्यक रहेको बताए ।

‘हामी हाम्रो नगरका तर्फबाट अन्य पालिकासंग पनि साँझेदारी गछौँ, ‘मेयर विष्टले भने, ‘सबै क्षेत्र मिलेर फोहोरलाई मोहोरमा परिणत गर्नुपर्छ ।

’ भीमदत्त नगरका वाताबरण अधिकृत गणेश ठगुन्नाले संचालन गरेको कार्यक्तममा जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.