सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै ठूलो वर्षा हुने

काठमाण्डौ – अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ । अबको तीन दिन नै यी प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ ।

यी प्रदेशका केही ठाउँमा धेरै ठूलो र धेरैजसो ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । तीन दिन नै ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम उच्च छ । यस्तै, आज वाग्मती प्रदेश र प्रदेश–१ मा पनि ठूलो पानी पर्ने उहाँले बताउनु भयो ।

Sana Kishan

मनसुन सक्रिय नै रहेकाले देशभरको मौसम बद्ली भएको छ भने धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । अबको तीन दिन नै देशभरको मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । आज राति पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

World Link Ads
Mahakali Polytechnic

प्रदेश–१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन÷चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै, राति सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा धेरै ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । (उज्यालो अनलाइन बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.