सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमाले न फुट्न सक्यो, न जुट्न सक्यो, ओली–नेपाल टाढिने दिशामा

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार कार्यदल विघटन गरे । तर कार्यदलमा रहेका दोस्रो तहका नेताहरु शनिबार बिहानैदेखि पार्टी मिलाउने अभियानमा जुटे ।

कार्यदलका नेताहरुले शनिबार अनौपचारिक बैठक गरेर पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई एकताका लागि दबाब जारी राख्ने निर्णय गरे । पार्टी मिलाउन अध्यक्ष ओलीपक्षीय र वरिष्ठ नेता नेपाल पक्षधर ५÷५ जना नेता रहेको कार्यदल गठन भएको थियो । नेता नेपालसँग सहमति नजुट्दै अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटीको बैठक राखेर कार्यदल विघटन गरी १० बुँदे प्रतिवेदन अनुमोदन गराएका थिए ।

Sana Kishan

पार्टी जीवन संकटमा परेका बेला दोस्रो तहका नेताहरुको अभियानले कार्यकर्तामा एकताको झिनो आशा बाँकी रहे पनि अध्यक्ष ओली र नेता नेपालबीचको बढ्दो द्धन्द्धले स्थिति संलिसकेको छैन ।

World Link Ads
Mahakali Polytechnic

एमाले र माओवादी केन्द्र अलग्याउने सर्वोच्चको फैसलापछि एमालेभित्रको द्धन्द्ध समाधन गर्न अनेकन प्रयत्न भए । तर एमाले न फुट्न सकेको छ, न जुट्न नै सकेको छ । दोस्रो तहका नेता पार्टी मिलाउन जोडतोडले लागेका छन् तर शीर्ष नेता अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल मिल्नेभन्दा टाढिने दिशामा अग्रसर छन् । (उपहार खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.