सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स–साना कारण, जसले मान्छेमा प्रेम भावना टुट्छ !!

भनिन्छ, प्रेममा हुनु र प्रेम पाउनु संसारकै आनन्ददायक क्षण हो । तर, कहिलेकाहीं हामी यस्तो प्रेममा दूरी बनाउन खोज्छौं । यसका केही कारण छन् ।

कतिपय हाम्रा अनौठा व्यवहार पनि यसको जिम्मेवार छन् । आखिर कारण के हुनसक्छ, जसले हाम्रो प्रेम–सम्बन्ध टुट्छ ? वा प्रेम सम्बन्ध बनाउन नै सक्दैनौं ?

तपाईं अहिले पनि पुरानै दिनमा हराइरहनुभएको छ

World Link Ads
Mahakali Polytechnic

कुनै नयाँ सम्बन्ध सुरुवात नहुनुको सबैभन्दा ठूलो कारण हो कि हामी विगतकै सम्झनामा अल्झिएर बसिरहेका हुन्छौं । विगतका सम्बन्धलाई लिएर हाम्रो मनमा कतिपय नराम्रा क्षणहरु संग्रहित हुन्छन् । सोही कुरा सम्झिएर हामी भित्र भित्रै आतंकित भइरहेका हुन्छौं । अतः कुनै पनि सम्बन्धबाट यस्तै किसिमको पीडा मिल्छ भन्ने मनोविज्ञान गहिरोसँग गाडिएको हुन्छ । यसरी द्विविधाग्रस्त मानसिकता बोकेर पुरानो दिनमा हराइरहँदा पनि हाम्रो नयाँ सम्बन्धहरु स्थापित हुन सक्दैन ।

तपाईं एकदमै दोधारमा हुनुहुन्छ ?

कसैप्रति आकर्षित हुनु स्वाभाविक र सजिलो छ । तर, त्यहाँसम्म आफ्नो सम्बन्ध विस्तार गर्नु सोचेजस्तो सहज छैन । आफूप्रति अरुको धारणा के होला ? आफ्नो बोली–व्यवहारले अरुलाई प्रभावमा पार्न सकिएला वा नसकिएला ? यस्तै कुराले हामीलाई दोधार बनाइरहन्छ । अतः हामी नयाँ सम्बन्धका लागि कदम उठाउन सक्दैनौं ।

पुरानो साथीसँग तुलना

Sana Kishan

खुशी रहनु र जीवनमा अगाडि बढ्नुछ भने त्यसको सबैभन्दा पहिलो मन्त्र हो, तुलना गर्ने बानी हटाउनुपर्छ । तर, यो मन्त्र सुन्नमा जति सजिलो लाग्छ, व्यावहारिक जीवनमा उतार्नका लागि उत्तिकै कठिन पनि । आखिर मान्छेको स्वभाव न हो, हरेक कुरामा तुलना गरेर हेर्छौं ।

कुनै पनि सामान खरीद गर्नका लागि यसरी तुलनात्मक दृष्टि राख्न सकिएला । तर, प्रेम–सम्बन्धमा यसरी नै तुलना गर्नु हानिकारक हुन्छ । आफ्ना नयाँ साथीलाई अरुसँग तुलना गरेर हेर्ने वा अपेक्षा गर्ने बानीले अन्ततः सम्बन्धलाई अगाडि बढ्न दिंदैन । किनभने हरेक मान्छे आफैंमा भिन्न हुन्छन् र आफूले सोचेजस्तो सबै कुरा ठीकठाक पाउन संभव हुँदैन । जो जस्ता छन्, त्यही रुपमा स्वीकार गर्नु उचित हुन्छ ।

समझदारी र समर्पण नहुनु

प्रेम सम्बन्धलाई टिकाइराख्नका लागि धेरै कुरामा समझदारी जरुरी हुन्छ । एकअर्कालाई बुझ्ने, एकअर्काको भावनालाई सम्मान गर्ने, आफ्ना कतिपय अडानहरु छाड्ने, अरुको व्यवहारलाई स्वीकार्ने गुण चाहिन्छ । जब हामी आफूलाई केन्द्रमा राखेर मात्र सबै कुरा सोच्छौं, सबै कुराको निर्णय गर्छौं, त्यसले कुनै पनि सम्बन्धलाई अगाडि बढ्न दिंदैन । त्यसले जरुरी हुन्छ, प्रेम सम्बन्धलाई टिकाइराख्नका लागि समझदारी र समर्पण चाहिन्छ ।

अरुको गल्ती खोज्ने

कतिपय मान्छेको स्वभाव के हुन्छ भने, अरुको गल्ती खोज्ने । अरुको कमजोरीमाथि बढी चियोचर्चा गर्ने । यस किसिमको स्वभाव नै बाधक हो, प्रेम सम्बन्धका लागि । मान्छेमा कुनै न कुनै कमजोरी हुन्छ । सबै मान्छे सबै कुरामा पोख्त हुँदैनन् । मान्छेहरु सर्वगुणले सम्पन्न हुँदैन । त्यसैले अरुको कमजोरी खोज्ने प्रवृत्तिले प्रेम होइन, घृणा बढाउँछ । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.