सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मनसुन थप सक्रिय : अबको तीन दिन पश्चिम तराईमा बढी पानी पर्ने

काठमाण्डौ – मनसुन थप सक्रिय भएको छ । आज दिउँसोदेखि मनसुन थप सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले वाग्मतीसहित प्रदेश एक र लुम्बिनीका केही ठाउँमा भारी वर्षा भैरहेको छ । काठमाण्डौ उपत्यका र प्रदेश दुई तथा गण्डकीमा पनि पानी परिरहेको छ । आज राति, भोली र पर्सिसम्म नै पानी पर्ने सम्भावना रहेको महाशाखामा मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

Sana Kishan

अबको तीन दिन पश्चिम तराईमा बढी पानी पर्ने तथा पहाड र हिमाली क्षेत्रमा तुलनात्मक रुपमा कम पर्ने मौसमविद्को अनुमान छ । भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनीका थोरै ठाउँमा ठूलो पानी पर्ने र पर्सि प्रदेश एक, प्रदेश दुई, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

World Link Ads
Mahakali Polytechnic

मनसुन थप सक्रिय भएकाले केही नदी तथा खोलामा बाढीको जोखिम बढ्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । (उज्यालो अनलाइन बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.