सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आँखालाई स्वस्थ राख्ने पाँच काइदाहरु !!

अहिले हाम्रो धेरैजसो समय स्क्रिनमा बित्ने गर्छ । खासगरी मोबाइलको प्रयोग बढदै जाँदा ‘स्क्रिन टाइम’ लम्बिएको हो । त्यससँगै कम्प्युटर, ल्यापटपमा पनि हामी अधिक समय बिताइरहेका छौं । यसले हाम्रो आँखालाई सबैभन्दा बढी प्रभावित गरेको छ । त्यसमाथि प्रदूषण, खराब जीवनशैलीले समेत आँखाको दृष्टि कमजोर हुँदै गएको छ ।

आँखालाई कसरी स्वस्थ राख्ने त ? यसका सरल पाँच काइदा छन् ।

१. राम्रो खानपान

World Link Ads
Mahakali Polytechnic

खानपानको सम्बन्ध आँखाको दृष्टिसँग पनि हुन्छ । कतिपय खानेकुरा यस्ता हुन्छन्, जसले आँखाको दृष्टि क्षमता बढाउन सहयोग गर्छ । जस्तो कि, माछा, पालुङ्गो साग, फल एवं हरियो सागपात ।

Dirghayu Ads

२. आँखा झिम्क्याइरहने

परेला झिम्क्याइरहनुले आँखालाई स्वस्थ राख्न सहयोग गर्छ । यसबाट आँखा तरोताजा र तनावमुक्त रहन्छ । कम्प्युटरको प्रयोग गर्ने व्यक्तिहरु आफ्नो आँखा कम झिम्क्याउँछन् । यस्ता व्यक्तिहरुले हरेक सेकेन्डमा आफ्नो आँखा झिम्क्याउनु आवश्यक हुन्छ ।

Sana Kishan

३. आँखाको ब्यायाम

आँखाका केही व्यायामहरु गरेर पनि आँखालाई स्वस्थ राख्न सकिन्छ । यसका लागि आफ्ना दुवै हत्केलालाई आपसमा रगड्नुपर्छ र जब हत्केला तातो हुन्छ, त्यसलाई हल्का रुपमा आँखामाथि राख्नुपर्छ । यसो गर्दा आँखाको तनाव कम हुन्छ ।

४. पानी छर्कने

समय–समयमा सफा पानीले आँखा धोइरहनुपर्छ । यसबाट आँखामा डिहाइड्रेसन हुन पाउँदैन र स्वस्थ रहन्छ । बाहिरबाट घर फर्केपछि मुख धुँदा आँखामा पानी छम्किने गर्नुपर्छ ।

५. नियमित जाँच

आँखा कमजोर भएका व्यक्तिहरुले नियमितरुपमा आफ्नो आँखाको जाँच गराउनुपर्छ । यदि तपाईंको आँखाको प्रकाश बिल्कुल ठिक छ र पढ्न–लेख्न कुनै कठिनाई भइरहेको छैन भने पनि वर्षमा कम्तिमा एक पटक आँखाको जाँच गराउनुपर्छ । (अनलाइनखबर बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.