सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली जिल्लामा फेरि साउन ११ गते सम्म निषेधाज्ञा थपियो

कैलाली – जिल्लामा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ । कोरोनाको दोस्रो लहर तिब्र गतिमा बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न गत बैशाख १६ गतेवाट जारी गरिएको निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन ११ गतेसम्मका लागि लम्बाइएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोनाको संक्रमण दर कम हुदै जादाँ बिस्तारै निषेधाज्ञा पनि खुकुलो बनाउदै लगेको छ ।

कोरोना संक्रमण दरमा केही कमी आएको भएपनि जोखिम भने अझै कायमै रहेकाले साउन ११ गते सम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धारा जारी आदेशमा भनिएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, पार्क, मनोरञ्जनस्थल, जिमखाना, पुस्तकालय, संग्राहालय, शिक्षणसस्था, समूहमा खेलीने दर्शक सहितका खेलकुद बाहेक अन्य व्यापार व्यवसायहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

Dirghayu Ads

सार्वजनिक सवारी साधन र नीजि सवारी साधनहरु भने यथावत रुपमा सञ्चालन हुनेछन् । अतिआवश्यक सवारी साधानहरु सरकरले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन हुने छन् । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.