सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

९९ प्रतिशत व्यक्तिले दैनिक रुपमा गर्ने यी गल्तीहरु, जसले पुर्याउँछ गम्भिर असर !!

मानिस हरेक दिन केही न केही गल्ती गर्छ नै । तर ९९ प्रतिशत मानिस त्यस्ता नौ गल्ती दैनिक गर्छन् जसले स्वास्थ्यमा पनि गम्भीर असर गरेको हुन्छ । यी त्यस्ता गल्ती हुन् जुन मानिसले गल्ती गरेको महसुस समेत गर्दैन ।

रेस्टुरेन्टमा पुगेर मानिसले हात धोएर मात्र खानाको अर्डर दिन्छन् जुन गलत हो । किनकि मेन्यू कार्डमै कयौं किटाणु रहेका हुन्छन् ।

दूध पिएपछि ब्रस गर्नु गलत मानिन्छ । दूधमात्र हैन थुप्रै एसिडिक खानेकुराहरु जस्तै कागती वा सुन्तला खाएपछि तुरुन्त ब्रस गर्नु खतरनाक हुन्छ । यसले दाँतको इनामेललाई नष्ट गरिदिन्छ ।

World Link Ads
Mahakali Polytechnic

यदि तपाईको बसीबसी गर्ने जागिर छ भने होसियार । यदि अभ्यास गर्ने बानी छैन भने सीधै मुटु सम्बन्धी रोग र डाइबिटिजले समात्छ । तसर्थ त्यस्तो जागिर खानेले समय समयमा हिडौं ।

डाइटिसयनहरु बढी फ्याटयुक्त खाना नखान सल्लाह दिन्छन् । यो गलत हो । शरीरलाई सबै किसिमका खानेकुरा चाहिन्छ । कुनै चिज छाड्नु हुन्न । मात्रा भने मिलाउनु पर्छ ।

Sana Kishan

सबैभन्दा अहम् कुरा स्वास लिनु हो । स्वास लिँदा पनि मानिस गल्ती गर्छन् । स्वास लिँदा सबैजसोले सास छातीसम्म जाने गरी मात्र लिन्छन् । जबकि गहिरो स्वास लिएर शरीरभर लैजानु जरुरी छ । यसले रक्तचाप सही रहन्छ ।

एन्टीमाइक्रोबियल साबुनको प्रयोग गर्नु पनि खतरनाक नै हो । कोही शंका छैन कि यसले ब्याक्टेरियालाई पूर्ण तरिकाले मारिदिन्छ । तर यसको कमजोरी यो हो कि हाम्रो शरीरलाई जरुरी ब्याक्टेरिया पनि मारिदिन्छ । तसर्थ यस्ता साबुनको प्रयोग खतरनाक मानिन्छ ।

दैनिक कपाल धुनु पनि खतरनाक मानिन्छ । खासगरी टाउकोमा भएको तेललाई पटक पटक नुहाउँदा खतम गरिदिन्छ । तसर्थ हप्ताको २–३ पटक भन्दा बढी समय कपाल धुनु वा नुहाउनु खतरनाक मानिन्छ ।

दैनिक ७–८ घण्टा सुत्नु जरुरी छ । तर आजकल कम्युटर, टीभी र मोबाइलले निद कम हुन थालेको छ । यसले क्रिएटिभिटी र दिमागलाई कमजोर पारिदिन्छ ।

जरुरतभन्दा बढी अभ्यास गर्नु पनि खतरनाक मानिन्छ । आजकल केही युवाहरु अधिक अभ्यास गर्छन् जुन गलत हो । हप्तामा ४ पटक भन्दा बढी अभ्यास पनि गर्नुहुँदैन। (नयाँ पुस्ता बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.