सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सल्यानमा बाढी–पहिरोबाट ५०० परिवार प्रभावित

सल्यान : बाढी–पहिरोबाट सल्यानमा करिब ५०० परिवार प्रभावित भएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिअनुसार दशवटै स्थानीय तहका तीन दर्जनभन्दा बढी बस्ती बाढी–पहिरोको उच्च जोखिममा रहेका छन्।

समितिका अनुसार कालीमाटी गाउँपालिकाको काप्रेचौर, कालिमाटी काल्चे, कालीमाटी रामपुर बाढीको उच्च जोखिममा रहेका छन्। यस्तै, कपुरकोट गाउँपालिकाको धनवाङ्ग र सिनवाङ्ग, छत्रेश्वरी गाउँपालिकाको झिम्पे, सिद्ध कुमाख गाउँपालिकाको सिद्धेश्वरी क्षेत्र, बागचौर नगरपालिकाको बाफुखोला, कुमाख गाउँपालिकाको मर्मपरिकाँडा, स्वीकोट, कालागाउँ, बनगाड कुपिण्डे नगरपालिकाको निगालचुला, घाँजरीपिपल लगायतका क्षेत्र पहिरोको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले जानकारी दिइन्।

Sana Kishan

वर्षात् भइरहेको र बाढी–पहिरोको जोखिम बढ्न सक्ने भएकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरेर अघि बढिरहेको उनले बताइन्। ‘हामीसँग प्राविधिक जनशक्ति, स्रोत साधनको अभाव छ,’ प्रजिअ होमागाईंले भनिन्, ‘हामीले योजना तयार पार्ने हो, यसको कार्यन्वयनका लागि मुलतः स्थानीय तह नै सक्रिय हुनु पर्छ।’

World Link Ads
Health Notice Kanchanpur

दशकदेखिको खारा पहिरोका कारण कपुरकोट बजार क्षेत्रका झन्डै एक सय परिवार प्रभावित भएका छन् भने ६ घरपरिवार विस्थापित भएको कपुरकोट गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए। (थाहा खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.