सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रोन पोजिशन : अक्सिजन बढाउनमा कति उपयोगी छ ?

कोरोना संक्रमण वढेसँगै त्यसबाट बच्नका लागि वा रोकथामको लागि विभिन्न उपाय खोज्न थालिएको छ । यसमा आधुनिक तौरतरिकादेखि प्राचिन विधीहरुसम्म छन् ।

जस्तो कि शरीरमा अक्सिजनको मात्रा कायम राख्ने, प्रोन पोजिशन । शरीरमा अक्सिजनको मात्रा कम भएमा यस किसिमको पोजिशन अपनाउन सकिने बताइएको छ ।

के हो प्रोन पोजिशन ?

World Link Ads
Mahakali Polytechnic

जुन हिसाबले अहिले प्रोन पोजिशनबाट अक्सिजनको मात्रा बढाउने कुरा गरिएको छ, त्यसमा केही विधी पालना गर्दै पेटको बलले सुत्नु हो । यसरी सुत्दा फोक्सोको कोशिका खुल्छ र अक्सिजनको मात्रा बढाउन सहयोग गर्छ । मेडिकल साइन्सको दुनियामा प्रोन पोजिशनको प्रायेग बर्षौदेखि हुँदै आएको छ ।

कोरोना भाइरसले गंभिर भएका रोगीहरुमा फोक्सोको संक्रमण तिब्र फैलिएको पाइन्छ । यो संक्रमण यति धेरै हुन्छ कि मान्छेलाई सास फेर्नै गाह्रो हुन्छ । यसले गर्दा शरीरमा अक्सिजनको मात्रा कम हुन्छ । यसैले कोरोना संक्रमित रोगीले शरीरमा अक्सिजनको मात्रा कायम राख्नुपर्ने हुन्छ ।

अक्सिजनको मात्रा कसरी पुरा गर्ने त ? यसको प्राकृतिक र सरल विधी हो, प्रोन पोजिशन । क्षणिक रुपमा भएपनि यसले राहत दिन्छ ।

Sana Kishan

कसरी गर्ने ?

यसका लागि सुरुमा चार वा पाँच सिरानी चाहिन्छ । अब पेटको बलले घोप्टो परेर सुत्नुपर्छ । यसरी सुत्दा गर्दनको मुनी सिरानी राख्नुपर्छ । कम्मरको मुनी र खुट्टाको मुनी पनि सिरानी राख्नुपर्छ । सिरानी राखेपछि पेटलाई ओछ्यानको सतहमा छुन दिदैन । यदि पेट ठूलो छ भने पेटको ठीक मुनी तीन वा चार सिरानी राख्नुपर्छ ।

यदि यो पोजिशन कुनै कोरोना रोगीले अपनाउँदै हुनुहुन्छ भने चिकित्सकको परामर्श लिनैपर्छ । संभव भएसम्म चिकित्सककै निगरानीमा गर्न सकिन्छ । किनभने कति समय वा कसरी यस्तो पोजिशनमा बस्ने भन्ने कुरा विज्ञहरुले नै तय गर्नेछन् । यदि संक्रमित व्यक्तिलाई सास लिन एकदमै समस्या भएको छ भने प्रोन पोजिशनको मात्र भर पर्नु हुँदैन, अक्सिजन बेडको प्रबन्ध मिलाउनु जरुरी हुन्छ ।

कसले यो पोजिशन गर्न मिल्दैन ?

यदि तपाईं मुटु रोगी हुनुन्छ, स्पाइनलमा समस्या छ, खुट्टाको शल्यक्रिया भएको वा गर्दनमा कुनै समस्या छ भने यस्तो पोजिशनको अभ्यास नगरौं । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.