सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मित्रता : जीवनमा सफलता र खुसीका लागि

हामी जीवनमा सफलता हासिल गर्ने आकंक्षा राख्छौं । केही गर्न खोज्छौं । यसरी कुनैपनि क्षेत्रमा सफलता हासिल गर्नका लागि हामीले यस्तो साथीहरुको सर्कल तयार गर्नुपर्छ, जसले हामीसँग सहयोग र समर्थनको हातेमालो गरोस् ।

हामी कुनै पेशा गर्छौं, त्यसमा थप उन्नती गर्न पनि हामीलाई साथी चाहिन्छ । हामी कुनै व्ययसाय वा उद्यम गर्न चाहन्छौं, त्यसका लागि पनि हामीलाई राम्रो साथीहरु चाहिन्छ । यस्ता साथीहरुसँगको सहकार्य वा टिमवर्कले कुनैपनि काम गर्न सहज हुन्छ ।

साथी बनाउनुको एकमात्र फाइदा छैन । साथी भनेका दुःखमा सम्हाल्ने र खुसीमा उत्साह साट्ने पात्र हुन् । साथीको महत्वलाई बुझेर हाम्रा पूर्खाहरुले यसको महत्व एवं मूल्यबारे अनेक कथा, किंवदन्तीको विकास गरे । सुदामा र कृष्णजीको आदर्श मित्रताबाट पनि हामीलाई यसको पाठ सिकाइयो ।

World Link Ads
Mahakali Polytechnic

अहिले भौतिक विज्ञानमा पनि साथीको महत्वलाई प्राथमिकता दिइने गरिएको छ । हामी आ–आफ्नै काम धन्दा, पेशा व्यवसाय, परिवार आदिको चक्करमा लागेर साथी संगत छुटाउँदै गएका छौं । हाम्रा साथी–संगत पातलिएको छ ।

यस्तो अवस्था छ कि, कुनै दिन उन्मुक्त खुसी साट्न परेमा हामीसँग साथीहरु हुँदैनन् । कुनै विपतमा सर–सहयोग खोज्नुप¥यो भने हामीसँग साथीहरु हुँदैनन् । यसरी एक्लिदै गएको हामीमा तनाव, एन्जाइटी, डिप्रेसन जस्ता मानसिक समस्या थपिदै गएको छ । पछिल्लो समय डिप्रेसनबाट मुक्त हुनका लागि पनि साथीको सर्कल बनाउनुपर्छ भन्न थालिएको छ ।

Sana Kishan

यसैगरी हामीले अहिले खुसी गुमाइरहेका छौं । पैसा, करियर, धन–दौलत, प्रगति, सफलताको चक्करमा हाम्रो खुसी खुम्चिएको छ । यसरी खुम्चिदै गएको खुसी फर्काउनका लागि साथीहरु नै आवश्यक हुन्छ भन्न थालिएको छ । जति धेरै साथी हुन्छन्, हामीसँग खुसीका स्रोत पनि उत्तिनै धेरै हुन्छन् ।

हामीले जीवनयापनका क्रममा भेट्ने र संगत गर्ने साथीहरु पनि फरक फरक हुन्छन् । कोही व्यवसायिक साथी हुन्छन् । कोही पेशागत साथीहरु हुन्छन् । यस्ता साथीहरुको संगतले हामीलाई आफ्नो पेशा–व्यवसाय अगाडि बढाउन काम लाग्छ । अर्काथरी साथी हुन्छन्, जोसँग हामी विना स्वार्थ सम्बन्ध स्थापित गर्छौं । यस्ता साथीसँग नितान्त व्यक्तिगत कुराहरु पनि खुलाउँछौं ।

तर, साथीसँग हामी जतिसुकै घनिष्ठ भएपनि, जतिसुकै नजिक भएपनि एउटा दुरी भने कायम राख्नुपर्छ । मनका सबै कुरा साथीसमक्ष पोख्नु त्यती ठिक हुन्न । हुन त भावनामा बहकिएर साथीसँग जस्तो पनि वा जे पनि कुरा साझेदार गर्छौं । कतिसम्म भने, घर परिवार वा आफ्ना दाम्पत्य जीवनबारे पनि हामी साथीसँग कुरा गर्छौं । तर, यस्तो कुरामा भने हामी सावधान हुनुपर्छ ।

हामी आर्थिक कुरा पनि साथीसँग शेयर गर्छौं । घरायसी कुराहरु शेयर गर्छौं । दम्पतीबीचको सम्बन्ध, खटपटबारे पनि खुलेर साथीसँग कुरा गर्छौं । यस किसिमको प्रवृत्तिले भने भोलिको दिनमा समस्या निम्त्याउन सक्छ । किनभने आज जो हामीसँग घनिष्ठ मित्र बनेका छन्, भोलि उनीहरुसँग हाम्रो सम्बन्ध टुट्न सक्छ । त्यसैले सबै कुरा साथीलाई शेयर गर्नु हुँदैन । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.