सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा जारी निषेधाज्ञा खुुकुलो पारेर साउन १५ सम्म लम्बियो

बैतडीमा जारी निषेधाज्ञा साउन १५ गते सम्म निरन्तरता दिने निर्णय भएको छ । कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा अगामि साउन १५ सम्म निरन्तरता दिने निर्णय भएको हो ।

असार १५ देखी खुकुलो पार्दै असार ३१ गते १२ बजे राती सम्म कायम गरिएको निषेधाज्ञा जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले साउन १५ सम्म निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचानाअधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

Sana Kishan

कोभिड संक्रमण घट्दो क्रममा रहेकाले जन स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्ने गरि जारी निषेधाज्ञालाई सरलिकरण गरेर साउन १५ सम्म कायम गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । बैतडीमा खुकुलो पारेर दोस्रोपटक निषेधाज्ञा थप गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic

यो अवधिमा सबै सेवा सुचारु हुने बताउँदै प्रशासन कार्यालयका सूचनाअधिकारी भारतीले स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य पालना गर्नुे पर्ने बताउनुभयो । बैतडीमा वैशाख २० गते देखी निषेधाज्ञा जारी छ । यो छैटौँ पटक निषेधाज्ञा थप गरिएको हो । अहिले जिल्लामा सबै सेवा सुचारु छन र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालन गरि बच्न र बचाउन आग्रह गरिएको छ । पाँचौ पटकको निषेधाज्ञाको समय अवधी असार ३१ गते बिहीबार राती १२ बजे सकिदै छ । (रेडियो बैतडी बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.