सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्राथमिक उपचार : पोलेका बिरामीको हेरचाह कसरी गर्ने ?

महिला र केटाकेटीमा पोलाइको समस्या धेरै नै हुने गर्छ । जुनसुकै प्रकारको पोलाईमा सबैभन्दा पहिले बरफ चिसो पानी वा चिसो पानीमा डुबाएको कपडाले पोलेको ठाउँमा १५ मिनेटसम्म चिसो पानीमा डुबाएर राख्नुपर्छ ।

चिसो बनाइसकेपछि पोलाई कति छ त्यही अनुसार उपचार गर्नुपर्छ । पोलेको घाउलाई कसकेसम्म सफा राख्नुपर्छ । घाउलाई फोहोर, धुलोमा बस्ने झिँगा र अन्य किराहरुबाट जोगाउनुपर्छ । पोलेको घाउमा चिल्लो पदार्थ जनावरको छाला, कफी, जडिबुटी, माटो वा गोबर राख्नु हुँदैन । पोलेको व्यक्तिले पर्याप्त मात्रामा शरीर विकास गर्ने खाना(प्रोटिन) खानुपर्छ । यस्तो अवस्थामा मुख बार्नु पर्दैन । सामान्यतया पोलाइ ३ किसिमका हुन्छन् ।

१ सामान्य पोलाइ
यस किसिमको पोलाइले छालामा फोका उठ्दैन । तर छाला गाढा वा रातो बनाउन सक्छ । चिसो बनाइसकेपछि यसलाई थप उपचारको आवश्यकता पर्दैन । दुखाइ कम गर्न एप्रिन वा पारासिटामोल प्रयोग गर्न सकिन्छ । यस क्रममा स्रक्रमण नहोस् भन्नको लागि पोलेको घाउ सफा गर्नुअघि आफ्नो हात राम्ररी धुनुपर्छ ।

World Link Ads
Mahakali Polytechnic

२ छालामा फोका उठ्ने पोलाइ
छालामा पोलेर उठेको फोकालाई फुटाउनु हुँदैन । फोका फुटाएर वा संक्रमण निवारण गरिएको सुईले वा सिरिन्जले पनि त्यसभित्रको तरल पदार्थलाई निकाल्नु हुँदैन । फोका आफैँ फुटेमा संक्रमण निवारण गरिएको कैची प्रयोग गरी मरेको छाला हटाउनुपर्छ ।

Sana Kishan

निर्मलीकरण गरिएको गज, कपास वा संक्रमण निवारण गरिएको कपडामा हल्का साबुन लगाइ घाउ सफा गर्नुपर्छ । सफा गर्न हाइड्रोजन पेरोक्साइड पनि प्रयोग गर्न सकिन्छ । यदि घाउमाथिबाट कपडा हटाउने प्रयास गर्दा कपडा टाँसिन्छ भने उमालेर चिस्याएको पानीले त्यसलाई भिजाउनुपर्छ । अनिमात्र हल्का कपडासँग कपडा हटाउनुपर्छ ।

संक्रमण भएमा घाउको दुखाइ बढ्छ, अझ बढी सुन्निन्छ र घाउको वरिपरिको छाला रातो र कडा बन्दै जान्छ । यस अवस्थामा पेन्सिलिन वा एम्पिसिलिन जस्ता एन्टिबायोटिक दिनको ४ पटकका दरले ७ दिनसम्म दिनुपर्छ । तर ५ दिनपछि पनि संक्रमण नहटेमा त्यसको साटो इरिथोमाइसिन दिनको ४ पटकका दरले ७ देखि १० दिनसम्मे दिनपर्छ ।

३. गहिरो पोलाइ
यस्तो प्रकारको पोलाइले छाला नै नष्ट गर्न सक्छ र मासु पनि डढाउँछ । यसप्रकारको पोलाइ जहिले पनि गम्भीर प्रकृतिको हुन्छ । यसरी पोलिएका व्यक्तिलाई तुरुन्तै उपचारको लागि लैजानुपर्छ । उपचारको लागि अन्यत्र लैजाँदा घाउलाई किटाणुरहित गरी भिजाइएको कपडा वा रुमालले छोप्नुपर्छ । कपडा भिजाउन प्रयोग गरिएको पानी उमालेर चिस्याइएको हुनुपर्छ । बिरामीलाई प्रशस्त तरल झोल पदार्थ दिनुपर्छ ।

औषधि उपचारकौ सम्भावना नभएमा दोस्रो डिग्रीको पोलाइलाई जस्तै हेरविचार र उपचार गर्नुपर्छ । घाउलाई फोहोर धुलो झिँगा र अन्य किराहरूबाट जोगाउन निर्मलीकरण गरिएको गज, कपास वा तन्नाले छोप्नु पर्छ । यस्तो कपडा दिनमा ४ पटक वा घाउ सुख्खा भएमा दिनका २ पटक फेर्नुपर्छ । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.