सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पिसाब पोल्यो ? उसोभए अपनाउनुहोस् यी सामान्य घरेलु उपायहरु !

केहि दिनको मौसम क्रमिक रुपमा खुलेसँगै गर्मी बढेको छ । गर्मी बढेसँगै बढ्ने एउटा समस्या हो, पिसाब पोल्ने । बालबालिका युवा विशेषगरी महिलामा यो समस्या बढी देखिन्छ ।

हुनत पिसाब पोल्नु, पिसाब गर्दा पीडा हुनु जस्ता समस्याले शरीरमा भएका अन्य रोगको पनि संकेत गर्छ । तर धेरै अवस्थामा पानीको मात्रा नपुगेपछि यस्तो समस्या देखिने भएकोले यसमा सचेत हुनुपर्छ । प्रशस्त पानी पिउनुपर्छ ।

पिसाब पोल्ने समस्याको केही सामान्य घरेलु समाधानका उपायहरु हामी यहाँ उल्लेख छ ।

World Link Ads
Mahakali Polytechnic

गर्मीयाममा शरीरलाई झनै बढी पानी आवश्यक हुन्छ । त्यसैले सफा पानी प्रशस्त पिउने, हरेक विहान दुई ग्लास मनतातो पानी पिएर दिनको सुरुवात गर्ने गर्नुपर्छ । सम्भव भएसम्म हरेक एक घण्टामा पानी पिउने ।

पिसाब पोल्न थालेमा गाँजरको रस साँझ–बिहान एक गिलास सेवन गर्ने।

फलफूलमा आलुवखरा, अंगुर पाकेको आँपको जुस पिउने। उपलब्ध भएमा खरबुजा, काक्रोले तत्काल पानीको अभाव पूर्ति गर्छ ।

Sana Kishan

आँप र मह धेरै सेवन नगर्ने

चामलको माडमा साथै चौलानीमा थोरै चिनी मिसाएर पिउने ।

नरिवलको पानी सेवन गर्ने।

बेलुका भिजाइएको दुई चम्चा धनिया बिहान उठेर मिश्रीसँग पिउने।

हर्रोबर्रो र अमला चूर्ण एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान पिउने ।

तरकारीमा मेथीको साग खाने। (नयाँ पुस्ता बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.