सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अत्यधिक नुन नखानुहोस् !!

स्वाद बढाउनका लागि तरकारी तथा विभिन्न परिकारमा नुनको प्रयोग गर्ने गरिन्छ । कसैले नुन धेरै कडा खाने गर्छन् भने कसैले थोरै । तर नुनको सेवन कति मात्रामा गर्नुपर्छ भन्ने कुरा थाहा पाउन आवश्यक छ ।

अत्यधिक नुनको सेवनले शरीरमा धेरै नोक्सान पुर्याउँछ । धेरै नुनको सेवनले कैयौँ प्रकारका रोग लाग्ने खतरा हुन्छ ।

विशेषज्ञका अनुसार स्वास्थ रहनका लागि एक दिनमा २३०० मिलिग्रामभन्दा बढी नुनको सेवन गर्नुहुँदैन ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नुनको धेरै सेवनले उच्च रक्तचापको समस्या बढाउँछ ।

नुनको धेरै सेवनले मुटुसम्बन्धी विभिन्न प्रकारका रोगहरु पैदा गराउँछ । यसले डिहाइड्रेशनको समस्या पनि निम्त्याउँछ । सोडियमको अत्यधिक सेवनले रगको प्रवाह बढाउँछ र हर्ट अट्याकको खतरा पनि निम्त्याउँछ ।

धेरै नुनको सेवनले गुद्वारमा पथ्थरीको समस्या ल्याउँछ भने मोटोपन पनि बढाउँछ । (रातोपाटी बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.