सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माओवादी केन्द्रले शर्मा र भुसाललाई सरकारमा पठाउने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले पहिलो चरणमा सरकारमा दुई मन्त्री पठाउने भएको छ ।

नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा पठाउने निर्णय भएको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

Sana Kishan

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो । देउवाले मंगलबार साँझ प्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।

World Link Ads
Mahakali Polytechnic

शर्मा र भुसालको मन्त्रालय टुंगो लाग्न बाँकी छ । यद्यपि उनीहरुले अर्थ र उर्जा मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको स्रोतले जनाएको छ । (ekantipur.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.