सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कफी र चिया पिएपछि किन फ्रेश भइन्छ ? 

दैनिक एक कप ब्ल्याक कफीले हार्ट फेलको खतरा १२ प्रतिशतसम्म घटाउँछ । २१ हजार मानिसहरु भएको अनुसन्धानपछि यो आँकडा जारी गरिएको हो । अनुसन्धानका अनुसार कफीमा भएको एन्टिअक्सिडेन्टले शरीरमा हुने इन्फ्लेमेसन अथवा शरीर सुन्निने समस्या कम गर्छ, त्यसैले भविष्यमा हृदयघात हुने खतरा घट्ने गर्छ ।

आफूलाई धुम्रपानबाट टाढा राख्नुहोस्ः

अमेरिकन हार्ट असोसिएशन जर्नलमा प्रकाशित रिपोर्ट अनुसार अनुसन्धानमा समावेश कोलोराडो स्कूल अफ मेडिसिनका प्राध्यापक डेविड काओ भन्छन्, ‘धेरैजसो मानिसहरुले सोच्छन् कि कफी र क्याफिन मुटुका लागि खराब हुन्छन् किनभने यसले रक्तचाप बढाउँछ । तर नयाँ अनुसन्धानका अनुसार कफीले हृदयघात हुने खतरा घटाउँछ । यो खतरा घटाउनका लागि मानिसले आफूलाई धुम्रपानबाट टाढा राख्नुपर्छ ।’

World Link Ads
Mahakali Polytechnic

अमेरिकी वैज्ञानिकले यो अनुसन्धानमा २१ हजार मानिसको डाटा जम्मा गरे । दैनिक ०,१,२ र ३ कप कफीपछि यसको असर हेरियो । अमेरिकन कलेज अफ कार्डियोलोजीकी एक अनुसन्धाता भन्छिन्, ‘दैनिक ३ कप कफी पिउनुहुन्छ भने हार्ट पल्पिटेशनको खतरा १३ प्रतिशतसम्म कम हुन्छ ।’

क्यान्सरको खतरा पनि घटाउँछ कफीः

Sana Kishan

चाइना मेडिकल युनिभर्सिटीले हालै गरेको आफ्नो अनुसन्धानमा प्रोस्टेट क्यान्सरको खतरा १० प्रतिशतसम्म काम गर्नका लागि कफी पिउनुपर्ने बताएको छ । चिनियाँ अनुसन्धाताका अनुसार क्यान्सरसँग जुधिरहेका व्यक्तिले कफी पिइरहेका छन् भने निकै हुने प्रक्रिया १६ प्रतिशतसम्म बढ्छ । यसअघि भएको अनुसन्धानमा यो प्रमाणित भइसकेको छ कि कफीले कलेजो, स्तन र आन्द्राको क्यान्सरको खतरा घटाउँछ ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार अनुसन्धाताले कफीको कम वा बढी प्रयोग गर्ने मानिसहरुलाई प्रोस्टेट क्यान्सरको खतराबारे सम्झाए । यसमा ती मानिसहरु समावेश थिए जसले दैनिक एक वा दुई कप वा सोभन्दा बढी कफी पिइरहेका थिए । अनुसन्धानमा प्रोस्टेट क्यान्सरका ५७,७३२ बिरामीको डाटा पनि समावेश गरियो ।

चिया र कफी पिएपछि किन फ्रेश महसुस हुन्छ ?

चिया र कफीमा पाइन् क्याफिनको सीधा असर दिमागमा पर्छ । यसले दिमागसँग जोडिएको त्यो न्यूरोट्रान्समिटरलाई ब्लक गरिदिन्छ जसले तपाईं थाक्नुभएको जानकारी दिन्छ । त्यसैले तपाईं फ्रेश महसुस गर्नुहुन्छ । (रातोपाटी बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.