सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तनाब व्यवस्थापन गर्ने यी आठ उपायहरु !!

कोरोना संक्रमणको महामारीले हामी सबैमा केहि न केहि त्रास छ । लकडाउनको पालना गर्दै घरभित्रै बसिरहेपनि मनमा कतै कोरोनाले सताइहाल्छ कि भन्ने चिन्ता पर्छ । विश्व नै कोरोना भाइरस सँग लडिरहेको बेला हामीमा त्यस्तो चिन्ता पर्नु स्वभाविक पनि हो । यो सँगसँगै अन्य समयमा पनि हामी चिन्तामा हुन्छौं ।

तपाईं जीवनमा केही हासिल गर्न चाहनुहुन्छ । तर, त्यो कुरासम्म पुग्नको लागि बाटो सहज पक्कै हुन्न । जीवनका अनेक परिस्थिति पार गर्दै गर्दा दिमागमा अनेक कुराहरु खेल्न थाल्छन् । यस्तो अवस्थामा निराशामा जाने, डिप्रेसन हुने, मानसिक सन्तुलन गुम्ने या कुनै अप्रिय घटना हुने सम्भावना पनि बढ्छ । जसबाट बच्न आफ्नो मानसिक स्वाथ्य ख्याल राख्नु, सोंचहरुको व्यवस्थापन गर्नु आवश्यक हुन्छ ।

लेख्ने बानी गर्नुस

World Link Ads
Mahakali Polytechnic

दिमागमा धेरै कुराहरु आउँछन् भने लेख्ने बानी सबैभन्दा उत्तम हो । आफ्नो दिमागमा आएका कुराहरुलाई लेख्ने गर्दा दिमागी सन्तुलन कायम गर्न निकै सहज हुन्छ । यसले गर्दा तपाईंको मन हल्का हुन्छ र तपाईंले आफ्ना विचारको विश्लेषण गर्न पनि पाउनुहुन्छ।

Dirghayu Ads

आफ्नो लागि ठाउँ बनाउनुस

आफ्नो जिन्दगीमा आफ्नो लागि ठाउँ बनाउनुहोस् । आफ्नो हेरविचार गर्नुहोस् । आफूलाई प्राथमिकतामा राख्नुहोस् । मनोरन्जनको लागि समय छुट्टाउनुहोस् । विशेष दिन र चाडपर्वमा खुलेर रमाउनुहोस् । यसले गर्दा तपाईंमा सकारत्मक ऊर्जा आउँछ र नकारात्मक विचारहरु हट्दै जान्छन् ।

जीवनको प्राथमिकता छुट्याउनुस

आफ्नो जीवनका प्राथमिकताहरु छुट्टाउनुहोस् । तपाईंको लागि सबैभन्दा महत्वपूर्ण के हो, त्यसमा केन्द्रित रहनुहोस् । यसले गर्दा तपाईंसँग अनावश्यक कुराको लागि समय रहँदैन भने अर्कोतर्फ, तपाईंले आफूले चाहेको काममा राम्रो गर्दै जान सक्नुहुन्छ । त्यसछि तपाईंको दिमागबाट अनावश्यक कुराहरु आफै हट्छन् ।

सम्बन्ध र सिमितता कायम गर्नुस

Sana Kishan

सकारात्मक सोंच भएका मानिसहरुसँग सम्बन्ध अगाडी बढाउनुहोस् । आफ्नो काम र व्यक्तिगत जीवनलाई एकैठाउँ नमिलाउनुहोस् । आफ्नो पेशागत मर्यादा र जीवनलाई ख्याल गरेर आफ्नो सिमितता बनाउनुहोस् । यसले गर्दा तपाईं अनावश्यक झन्झटमा पर्नुहुन्न र अनावश्यक सोंचहरु आउँदैनन् ।

काम गर्ने बानी बसाल्नुस

काम गर्दै जाँदा अनावश्यक सोंच पनि हट्दै जान्छन् । काम नगरी बस्नुभयो भने दिमागमा अनेक सोंचहरुले डेरा जमाउन थाल्छन् । त्यस्तै, एकपटक एउटा काममा मात्र केन्द्रित रहनुहोस् । एकपटक धेरै काम गर्न थाल्नुभयो भने तपाईंको दैनिकी सँगै तपाईंको सोंच पनि अस्तव्यस्त बन्छ ।

दैनिकी मिलाउनस्

आफ्नो दैनिकी अस्तव्यस्त भयो भने तपाईंमा अनावश्यक सोंच आउन थाल्छन् र तनाव बढ्न थाल्छ । त्यसैले समय तालिका बनाएर काम गर्नुहोस् । आफ्नो दैनिकीलाई व्यवस्थित बनाउनुहोस् । समयलाई महत्व दिएर अगाडी बढ्नुहोस् ।

व्यक्तित्व विकासमा लगानी गर्नुस

आफ्नो व्यक्तित्व विकासमा लगानी गर्नुहोस् । नयाँ कुराहरुसँग अपडेट रहनुहोस्, विभिन्न तालिम लिनुहोस्, सभा सेमिनारमा सहभागी हुनुहोस् । आफू बस्ने ठाउँ र आफूले काम गर्ने ठाउँ व्यवस्थित र सफा राख्नुहोस् । पुस्तक पढ्नुहोस् ।

शारीरिक अभ्यास, योगा या ध्यान गर्नुस्

बिहान छिटो उठ्नुहोस् र हिड्नुहोस् । बिहानको हिंडाइले शारीरिक तन्दुरुस्ती सँगै दिमागी ऊर्जा पनि दिन्छ । हरियाली भएको ठाउँमा केही छिन बस्नुहोस् । योगा, ध्यानले अझ सहयोग गर्न सक्छन् । शारीरिक अभ्यास गर्नुहोस् । यसले गर्दा शारीरिक तथा मानसिक स्फूर्ति बढ्छ र नकारात्मक सोंच, आलस्यता, तनाव हट्दै जान्छ । (मकालु खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.