सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संसद विघटन मुद्धामा आजै फैसला आउने सम्भावना, देउवालाई सर्वोच्चले बनाईदेला प्रधानमन्त्री ?

काठमाण्डु – प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको फैसला आज हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको ५ सदस्यीय इजलासमा यही असार २१ गते सुनुवाई सकिएपछि हेर्दा हेर्दैमा राखिएको मुद्दाको पेशी आज तोकिएको छ ।

इजलासमा प्रधानन्यायाधीशसहित न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, आनन्दमोहन भट्टराई र ईश्वर खतिवडा छन् । सोही इजलासले फैसला गर्न लागेको हो । तर, फैसला आजै आउने वा नआउने प्रष्ट छैन ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गर्दै देउवासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ सांसदले संवैधानिक इजलासले मुद्धा दायर गरेका थिए । रिट निवेदक, सरकारी वकिलका बहस, निवेदकका जवाफी बहस र एमिकस क्युरीको राय दिने प्रक्रिया सबै सकिइसकेको छ ।

 

संविधानको धारा ७६ (५) अनुसार देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदको दाबी पेस गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई झन् १५३ सांसदको समर्थन रहेको संसदीय दलको पत्र बुझाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी खारेज गर्दै गत जेठ ७ गते मध्यराति प्रतिनिध सभा विघटन गरेकी थिइन् ।

प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा गरी ३० वटा रिट दर्ता भए पनि संवैधानिक इजलासमा सबैभन्दा पहिले देउवाको रिटमाथि सुनुवाई भएको हो । काठमाण्डुपाटी

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.