सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कमजोर हड्डीदेखि पत्थरीसम्मः डाइटिङका हुनसक्छन् यस्ता साइड इफेक्टहरु !!

तौल घटाउनका लागि डाइटिङ गर्नु वा घण्टौंसम्म भोको रहनु कुनै सही तरिका होइन । आफ्नो क्यालोरी इनटेकलाई सिमित गर्नका लागि यो सबैभन्दा खराब तरिका हो । वैज्ञानिकले दाबी गरे अनुसार यसले शरीरलाई पोषक तत्व पाउन कठिनाइ त हुन्छ नै यसका विभिन्न प्रकारका साइड इफेक्ट पनि हुनसक्छन् । चाहे तपाईं किटजेनिक डाइट, इन्टरमिटेन्ट फास्टिङ वा फ्याट कार्ब्सलाई काम गर्नका लागि कुनै विशेष डाइटको पालना नै किन नगर्नुहोस् । आउनुहोस्, डाइटिङले शरीरलाई कस्ता कस्ता हानी गर्न सक्छन् भन्ने बारे जानकारी लिऔंः

मेटाबोलिजममा खराब असरः

नेशनल इन्स्टिच्यूट अफ हेल्थका अनुसन्धानकर्ताका अनुसार डाइटिङ गर्ने मानिसहरुले आफ्नो मेटाबोलिजम स्सिटमलाई नराम्रोसँग बिगारेका हुन्छन् । त्यो भविष्यमा पूर्ण रुपमा यथास्थानमा नआउन पनि सक्छ । यो सबै शरीरको ल्याप्टिन हर्मोनका कारण हुने गर्छ, यसको सम्बन्ध मानिसको भोकसँग हुन्छ । यतिबेला विज्ञले शरीरमा घ्रेलिनको स्तरको परीक्षण गरे । यो एउटा यस्तो हर्मोन हो जसले तपाईंलाई तपाईंको भोकबारे जानकारी दिन्छ । डाइटिङ गर्दा शरीरमा यो हर्मोनको स्तर बढ्ने गर्छ ।

World Link Ads
Mahakali Polytechnic

कमजोर मांसपेशीः

डाइटिङको हाम्रो मांसपेशीमा पनि नकारात्मक असर परेको हुन्छ । दि अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित एक रिपोर्ट अनुसार युनिभर्सिटी अफ किलका अनुसन्धानकर्ताले ३२ स्वस्थ मानिसहरुलाई छाने र उनीहरुको डाइटबाट तीन हप्ताका लागि औसतमा १३ सय क्यालोरी कम गरिदिए । विज्ञले मांसपेशीमा कमी आएका कारण उनीहरुको तौल बढ्न थालेको देखे ।

पत्थरीको समस्याः

डाइटका कारण हुने न्यूट्रिशनको कमीका कारण शरीरका विभिन्न अंगमा नकारात्मक असर पर्छ । हेल्थ एण्ड वेलनेस कोच एश्ली वेन बसकिर्कका अनुसार केही खानेकुरामा पानीको मात्रा अत्यधिक हुन्छ । जब हामी डाइटबाट यस्ता खानेकुरा निकाल्छौं तब डिहाइड्रेशनको जोखिम बढ्न सक्छ । डिहाइड्रेशन भएपछि मानिसहरुको मृगौलामा पत्थरीको समस्या आउन सक्छ ।

हड्डी कमजोरः

विज्ञका अनुसार यदि बढ्दो उमेरमा मानिसहरु इन्टरमिटेन्ट फास्टिङ गर्छन् भने उनीहरुको तौल अत्यधिक घट्न सक्छ । यदि तपाईं पहिले देखि नै कम तौलको हुनुहुन्छ भने समस्या थप बढ्न सक्छ र ब्रिघममा डिपार्टमेन्ट अफ न्यूट्रिशनको रिजनल डायरेक्टर क्याथी मेक्नसका अनुसार यस्तो गर्नु तपाईंको प्रतिरोधी क्षमता र हड्डी दुबैका लागि खतरनाक हुनसक्छ ।

Sana Kishan

कपाल झर्नेः

‘डर्मटलोजी प्रेक्टिल एण्ड कन्सेप्चुअल’ मा प्रकाशित एक रिपोर्टका अनुसार लो क्यालोरी डाइटले हाम्रो कपाल झर्ने समस्यासँग पनि सम्बन्धित हुन्छ । शरीरमा पौष्टिक तत्वको कमीका कारण यस्तो हुन्छ । पोषक तत्वको कमीले कपालको बनावटमा नराम्रो असर पर्छ र यो बढ्न पनि सक्दैन ।

थकानः

यदि तपाईं कम खानुहुन्छ भने शरीरले कम क्यालोरी बर्न गर्नुपर्ने हुन्छ । फलस्वरुपः तपाईं धेरै सुस्त महसुस गर्नु हुनेछ । एनल्स अफ इन्टरनल मेडिसिनको एक रिपोर्ट अनुसार डाइटबाट कार्बोहाइड्रेट कम गर्दा थकाई लाग्ने गर्छ । किटोजेनिक डाइटमा आधारित जर्नल अफ द अमेरिकन डायटिक असोसिएशनको एक रिपोर्ट अनुसार लो कार्बोहाइड्रेट डाइटले शरीरको इनर्जी लेभल कम हुन्छ र मानिसहरुलाई चाँडै नै थकाई लागेको महसुस हुन्छ ।

बिरामी हुने खतराः

यदि तपाईं तौल घटाउनका लागि इन्टरमिटेन्ट फास्टिङ अर्थात् हप्तामा केही दिन लामो समससम्म भोको बस्नुहुन्छ भने यो तपाईंको लागि खतरनाक हुनसक्छ । यसको साइड इफेक्ट तपाईंको फास्टिङ पिरियडमा निर्भर हुन्छ । हार्वर्ड मेडिकल स्कूलका विशेषज्ञका अनुसार यसले मानिसहरुलाई टाउको दुख्ने, अल्छी बनाउने, कब्जियत र पेटसम्बन्धि रोग निम्त्याउन सक्छ ।

इटिङ डिसअर्डरः

शरीरको आवश्यकतालाई नबुझिकन डाइटिङ गर्दा मानिसहरुको इटिङ डिसअर्डरको पनि शिकार हुनसक्छन् । युनिभिर्सिटी अफ सिनसिनाटीमा इटिङ डिसअर्डर प्रोग्रामसँग जोडिएकी एना गएर्जीकोवका अनुसार यस्तो समस्याले पछि गएर तनाव वा डिप्रेशन पनि निम्त्याउन सक्छ । त्यसैले आफ्नो खानामा पोषक तत्वबारे सधैं विचार गर्नुहोस् । (रातोपाटी बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.