सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

घरमा भुलेर पनि नगर्नुहोस् यस्ता भाँडाको प्रयोग, नत्र घरको वातावरणमा आउनेछ खटपट !

कयौँ महिलाको यस्तो बानी हुन्छ कि उनीहरुले घरमा भएका टुटे र फुटेका, चिरिएका भाँडाहरुलाई घरको किचन या त घरको अन्य कुनै काममा प्रयोग गर्ने गर्दछन् । वास्तुशास्त्रमा यस्ता भाँडाहरुको प्रयोग गर्नु राम्रो मानिदैन । यदि तपाईको पनि यस्तै बानी छ भने तुरुन्त यस्तो बानीलाई त्याग गर्नुहोस् । यस्तो भाँडा तपाईको घरमा कलहको माध्यम बन्ने गर्दछ । आउनुहोस् जानौँ चिरिएका र टुटे फुटेका भाँडाहरु किचनमा राख्नाले घरमा हुने वास्तुदोषको बारेमा ।

वास्तुशास्त्र अनुसार टुटेफुटेका चिरिएका भाँडामा खाना खानाले घरमा नकरात्मक असर उत्पन्न हुन्छ भन्ने मान्यता छ ।

जो व्यक्तिले टुटेफुटेको भाँडामा खाना खान्छन् त्यस्ता व्यक्तिमा यसको नकारात्मक प्रभाव पर्दछ । जसले गर्दा त्यस्ता व्यक्तिको घरपरिवारमा घरका कोही सदस्य बिरामी भइराख्ने जस्तो समस्या देखा पर्दछ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यस्ता भाँडोको प्रयोगले परिवारको सुखशान्ति पनि खलबल हुने गर्दछ । र ऋण बढ्ने सम्भावना पनि बढ्दै जान्छ ।

टुटेफुटेका र बिग्रिेका भाँडाले घरमा नकरात्मक उर्जा बढाउँदछ ।

यदि तपाईले घरमा रहेका टुटेका फुटेका भाँडा प्रयोग गर्नुभएको छैन तर,त्यस्ता भाँडाहरू भान्सामा रहेको छन् भने पनि वास्तु अनुसार यो राम्रो मानिदैन। यस्ता भाँडाहरू घरमा राख्नु भनेको घरमा कलहको सिर्जना हुनु हो।  (नयाँ पुस्ता बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.