सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निगमलाई निजी कम्पनीमा रुपान्तरण गर्ने योजना छैन : पर्यटन मन्त्रालय

नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा सञ्चालनको योजनासहित प्रवन्धपत्र र नियमावली बुझेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने योजना भने नरहेको स्पष्ट पारेको छ ।

आइतबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निगमलाई निजी कम्पनीलाई कौडीको भाउमा बिक्री गर्न लागेको भन्दै कडा आलोचनासहितको विज्ञप्ति जारी गरेका थिए ।

पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जवाफी विज्ञप्ति जारी गर्दै विभिन्न व्यक्तिबाट भ्रमपूर्ण सूचना सम्प्रेषण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नेपाल एयरलाइन्सको निजीकरण प्रक्रियाका सम्बन्धमा कुनै छलफल समेत नभएको मन्त्रालयको भनाइ छ । विज्ञप्तिले कम्पनी मोडलमा लैजाने सम्बन्धमा चालिएको प्रक्रियाबारे भने बोलेको छैन ।

यसअघि नेपाल वायुसेवा निगमले अर्थ मन्त्रालयले माग गरेअनुसार कम्पनीमा रुपान्तरण गर्न प्रवन्धपत्र तथा नियमावलीको मस्यौदा तयार पारी पर्यटन मन्त्रालयमा बुझाएको छ ।

निगमले पर्यटनमा यो मस्यौदा बुझाएसँगै निगममा कर्मचारीले भने विरोध जारी राखेका छन् । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.