सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विषाक्त खानेकुरा कसरी शुद्धीकरण गर्ने ?

बजारका खानेकुरा अर्ग्यानिक छैनन् । किटनासक, रसायनिक मल आदि प्रयोग गरिएका छन् । रहरलाग्दो देखाउन पनि रसायन प्रयोग गरिएका छन् । यी खानेकुरामा रहेका विषाक्त तत्व हटाउने केही सामान्य विधी छन् ।

कुनैपनि खानेकुरा सेवन गर्नुअघि सफा पानीले राम्ररी पखाल्नुपर्छ । एक पटक होइन, पटक पटक पखाल्नुपर्छ ।

अर्को विधी के भने, भाँडोमा पानी राख्ने । त्यसमा एक, दुई चम्चा नुन मिसाइदिने । नुन मिश्रित पानीमा सागसब्जी वा फलफूल डुबाएर राख्ने । १५ मिनेट जति राखेपछि पुग्छ ।

World Link Ads
Mahakali Polytechnic

सागसब्जीको बोक्रामा विषको प्रभाव बढी हुन्छ । त्यसैले बोक्रा तासेर वा उप्काएर मात्र सेवन गरौं ।

हामी कुनैपनि खानेकुरा सेवन गर्दा त्यसको स्वादमा बढी ध्यान दिन्छौं । आफुलाई स्वादिलो लाग्ने सागसब्जी नै पकाउँछौं । जबकि खानेकुरा स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि हो । यदि स्वास्थ्यका लागि खानेकुरा सेवन गरिन्छ भने त्यसको पोषण र सन्तुलनमा पनि ध्यान दिनुपर्छ । तर, हामीलाई आफ्नो भान्सामा पाकिरहेको खानेकुराबाट के कस्ता पोषण प्राप्त हुन्छ भन्ने कुराको चासो हुँदैन ।

आफ्नो छाकमा के कस्ता पोषक तत्व सामेल भए भन्ने कुराको हेक्का हुँदैन । मिठो भए पुग्छ । मिठो छ भने पेटभर खान्छौं, मिठो भएन भने भोकै उठ्छौं ।

त्यसैले खानेकुरा पकाइरहँदा सकेसम्म त्यसलाई स्वादिलो बनाउने चक्करमा लाग्छौं । यहि कारण पर्याप्त तेल, मरमसला आदि प्रयोग गरिन्छ । सागसब्जीलाई लामो समय पकाउँछौं । जबकी लामो समयमा पकाउँदा वा पकाउने विधी सही नहुँदा त्यसमा रहेको पोषक तत्व नष्ट हुन्छ ।

Sana Kishan

हामीले खानपानका लागि प्रयोग गर्ने भाँडावर्तन पनि स्वस्थ्यकर छैन । अहिले धेरैजसोको भान्सामा प्लाष्टिकको सामाग्री देखिन्छ । रंगविरंगी प्लाष्टिकको डिब्बा, कचौरा, प्लेट प्रयोग गरिन्छ । हेर्दा त यी सामाग्री आकर्षक देखिन्छ तर यो स्वस्थ्यकर हुन्न ।

खाना पकाउनका लागि सिलाबरको भाँडावर्तन प्रयोग गर्छौं । सिलाबरमा पकाएको खानेकुरा पनि स्वस्थ्यकर हुँदैन ।

खानेकुरा राख्नका लागि माटो, काठ, काँचको भाँडा स्वस्थ्यकर मानिन्छ, जो अहिले दुर्लभ छ । यसैगरी तामाको भाँडा स्वस्थ्यको हिसाबले निकै उपयोगी मानिन्छ । तामाको भाँडामा राखिएको पानी सेवन गर्दा स्वास्थ्य लाभ मिल्छ । खाना पकाउनका लागि फलामको भाँडावर्तन बढी उपयोगी हुन्छ । तर, अहिले हामी सिलाबरको भाँडामा खाना पकाउँछौं । प्लाष्टिकको कचौरा, प्लेटमा राखेर सेवन गर्छौं ।

खानेकुराको सोझो सम्बन्ध हाम्रो स्वास्थ्यसँग हुन्छ । तर, खानेकुरा पकाउने क्रममा गरिने त्रुटीले हामीलाई रोगी बनाउँछ ।

हाम्रो खानपान शैली स्वस्थ्यकर छैन । हामी हतारमा खान्छौं । राम्ररी चपाउँदैनौ । आनन्दले स्वाद लिएर खाँदैनौ । उचित मात्रामा खाँदैनौं । मिठो लागेको बेला जतिपनि खाइदिन्छौं । कतिबेला खाने, के खाने भन्ने तालिका पनि मिलेको हुँदैन । जतिबेला भोक लाग्छ, त्यही बेला खाइदिन्छौं । दिनभरमा दुई वा तीन छाक खाने गर्छौं । खाएको बेला पेट चर्कनेगरी खान्छौं ।

यस किसिमको खानपान शैलीले हामीलाई रोगी र जीर्ण बनाएको छ । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.