सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आन्द्राका लागि खतरनाक मैदा, खानुभन्दा अघि थाहा पाउनुस् साइड इफेक्ट्सहरु !!

गहुँको पिठोको परिस्कृत रुप नै मैदा हो । मैदा बनाउनका लागि आँटालाई थुप्रै पटक र निकै मसिनो गरी पिसिने गरिन्छ । पाउरोटी, कुकिज, क्रेकर्स, पिज्जा बेस, समोसा, पुरी, जेरी, माल्पुवालगायतका विभिन्न खानेकुरा बनाउन मैदाको प्रयोग हुन्छ । यसबाट बनेको खानेकुरा शरीरका लागि निकै हानिकारक हुन्छ ।

मैदा शरीरका लागि निकै खतरनाक हुन्छ । वास्तवमा, आँटालाई पिसेर राम्रो गुणस्तरको मैदा त पाइन्छ तर यसका सबै पोषक तत्व छानिइसकेको हुन्छ । एकातिर गहुँलाई स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ भने मैदा स्वास्थ्यको हिसाबले निकै खतरनाक हुन्छ ।

बोस्टनमा बालबालिकाको अस्पतालको न्यू ब्यालेन्स फाउन्डेशन मोटोपना निवारण केन्द्रका निर्देशक डेविड लुडविग (एमडी, पीएचडी) का अनुसार अमेरिकीहरु अत्यधिक मात्रामा ट्रान्सफ्याट प्रयोग गर्छन् जसमा रिफाइन्ड कार्बोहाइड्रेट, रिफाइन्ड ग्रेन प्रोडक्ट्सआदि समावेश छन् । यी सबैको अमेरिकन डाइटमा सबैभन्दा बढी हानिकारक प्रभाव पर्छ । मैदा खाँदा स्वास्थ्यमा कस्तो प्रभाव पार्नसक्छ भन्नेबारे जानकारी लिऔंः

World Link Ads
Mahakali Polytechnic

यो एसिड–अल्कलाइन असन्तुलनको कारण बन्ने गर्छः

शरीरको स्वस्थ पीएच स्तर ७.४ हुन्छ । डाइटमा एसिडिक खाद्य पदार्थको अत्यधिक मात्रा हुँदा शरीरमा क्याल्सियमको कमी हुने गर्छ । यसका कारण हड्डी कमजोर हुन्छ । गेडागुडीलाई एसिडिक फुड मानिन्छ । शोधका अनुसार खानामा मैदाको अत्यधिक प्रयोगले हड्डीलाई हानी पुर्याउन सक्छ । एसिडिक डाइटले प्रतिरोधी प्रणालीलाई हानी पुर्याउँछ जसका कारण शरीर विभिन्न रोगको चपेटमा आउन सक्छ ।

ब्लड सुगरको स्तर बढाउन सक्छः

मैदा शरीरका लागि स्वस्थ विकल्प हो भनेर आफ्नो खानामा समावेश गरिरहनुभएको छ भने तपाईं गलत सोचिरहनुभएको छ । मैदाबाट बनेको खानेकुरा तपाईंको शरीरका लागि थप हानिकारक हुन्छ । मैदामा भएको कार्बोहाइड्रेट जसलाई एमाइलोपेक्टिन ए भनिन्छ, कुनै पनि अन्य कार्बोहाइड्रेटको तुलनामा निकै सजिलै ब्लड सुगरमा परिवर्तन हुने गर्छ । मैदाको ब्रेकको दुईवटा स्लाइसले मात्रै पनि शरीरमा ब्लड सुगरको स्तरलाई ६ चम्चा चिनी वा थुप्रै क्यान्डी बारभन्दा पनि बढी बढाउन सक्छ ।

Sana Kishan

शरीर सुन्निन सक्छः

दानायुक्त आहार शरीर सुन्निनुको कारण बन्नेगर्छ । यसमा ब्लड सुगर लेभल बढ्ने गर्छ र रगतमा ग्लुकोजको निर्माण हुन्छ जसमा गुलकोजले आफूलाई वरिपरिको प्रोटिनसँग जोड्ने गर्छ । यसका कारण ग्लाइकेशन नामको एक केमिकल रियाक्सन हुने गर्छ । ग्लाइकेशन एउटा प्रो–इन्फ्लेमेटरी प्रक्रिया हो जसका कारण जोर्नी दुख्छ भने मुटुरोग पनि गराउँछ । साथै यसले शरीर सुन्निने समस्या पनि निम्त्याउँछ ।

आन्द्रालाई हानी पुर्याउन सक्छः

शोधका अनुसार दानायुक्त खानेकुरामा पाइने लेक्टिनका कारण आन्द्राको पत्र सुन्निने गर्छ । जब तपाईं मैदा खानुहुन्छ तब खानामा ८० प्रतिशत फाइबर नष्ट हुने गर्छ । तपाईंको शरीरले त्यो फाइबर पाउँदै जसलाई त्यसको आवश्यकता पर्छ र कार्बोहाईड्रेट तीब्र रुपमा निष्कासन हुने गर्छ । फाइबर बिना शरीरले आन्द्राको फोहोरलाई सफा गरेर शरीरलाई डिटक्स गर्न सक्षम हुँदैन ।

फूड एलर्जीको कारण बन्ने गर्छः

मैदालाई फुड एलर्जीको सबैभन्दा ठूलो ट्रिगर्समध्ये एक मानिन्छ । थुप्रै गेडागुडीमा पाइने ग्लूटन नामक प्रोटिनले पिठोलाई लचिलो बनाउने काम गर्छ । यसले रोटीलाई नरम बनाउन मद्दत गर्छ । गहुँमा अब यो पहिले देखि नै धेरै हुन्छ । जब ग्लूटेन सेन्सिटिविटी भएका मानिसहरु ग्लूटेनयुक्त उत्पादनको प्रयोग गर्छन्, उनीहरुको शरीरमा फूड एलर्जी हुनुका साथै थुप्रै अन्य समस्याको खतरा बढ्ने गर्छ । (रातोपाटी बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.