सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सरकारले अध्यादेशको माध्यमले तानाशाही शासन चलाउँदैछ : अनिता देवकोटा

राष्ट्रियसभा सदस्य अनिता देवकोटाले सरकारले अध्यादेशमार्फत तानाशाही शासन चलाएको आरोप लगाएकी छन् । सरकारले नागरिकको हित विपरीत केवल आफ्नो अभिष्ट पूरा गर्न मात्रै राज्य सञ्चालन गरिरहेको उनको आरोप छ ।

आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै देवकोटाले आफैं कानून बनाउने, कार्यान्वयन गर्ने र कानूनको व्याख्या गरेर सरकारले निरंकुशता प्रस्तुत गरेको बताइन् ।

‘यदि सरकारले अध्यादेशमार्फत सत्ता सञ्चालन गर्ने हो भने यो तानाशाही हुन्छ । नागरिकको हित विपरीत सरकारले आफ्नो अभिष्ट पूरा गर्नको लागि अध्यादेशको माध्यमबाट राज्य सञ्चालन गर्छ,’ उनले भने, ‘आफैं कानून बनाउने, आफैं कार्यान्वयन गर्ने र आफैं कानूनको व्याख्या गर्ने यो प्रजातन्त्रभित्रको निरंकुशता हो ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

देवकोटाले सरकारले घोषणा गरे अनुसार कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नगराएको पनि बताइन् । जोखिमभत्ता नपाउँदा स्वास्थ्यकर्मीको मनोबल नबढेको उनको भनाइ छ ।

महिला हिंसाको घटनामा वृद्धि भइरहेको भन्दै उनले संवेदनशील विषयमा सरकारले फास्ट ट्रयाकका माध्यमबाट अनुसन्धान गरी दोषीहरुलाई कानूनी दायरामा ल्याउन सरकारले ढिला गरेको बताइन् । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.